Saturday , July 24 2021
Breaking News
Home / समाचार / सरस्वती प्रधानले दिइन् फेरी रूपा सुनारविरुद्ध उजुरी, के छ उनको आरोप ?

सरस्वती प्रधानले दिइन् फेरी रूपा सुनारविरुद्ध उजुरी, के छ उनको आरोप ?

काठमाडौं । दलित युवतीलाई घरमा कोठा नदिएको आरोपमा ३ दिन परेको भन्दै प्रहरी हिरासतमा बसेर वाहिर आएकी सरस्वती प्रधानले रुपा सुनार विरुद्ध उजुरी दिएकी छन् । उनले राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो ब्यक्तिगत स्वतन्त्रता हनन भएको भन्दै रुपा विरुद्ध उजुरी दिएकी हुन् । सञ्चारकर्मी रुपा सुनारले आफ्नो मञ्जुरी बिना फोन रेकर्ड गरी व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको उनको आरोप छ ।

उजुरीमा सरस्वतीले आपराधिक नियतका साथ रुपाले यस्तो गरेको उल्लेख गरेकी छन् । उनले आफै जातिय कुरा गरेर नियतबस आफुलाई फसाएको आरोप लगाएकी छन् । उनको कोठा खोज्न आउने कुरा नै वहाना भन्दै उनले उजुरीमा लेखेकी छन्, ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ ।’

दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसकेपछि रुपाले नै जातको कुरा निकालेको सरस्वतीको आरोप छ । सरस्वतीले रुपासहित उनीसँग आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गरेकी छन् । आफूबाट जातीय छुवाछुतको कुनै व्यवहार नभएको पनि उनको दावी छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *