Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / करिश्मा कपुरसँग विवाह नभएपछि अहिलेसम्म अविवाहित छन् अक्षय खन्ना

करिश्मा कपुरसँग विवाह नभएपछि अहिलेसम्म अविवाहित छन् अक्षय खन्ना

बलिउड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले बलिउडमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । अक्षयको जन्म २८ मार्च १९७५ मा भएको थियो । अक्षयले बलिउडमा आफ्नो करियर १९९७ मा चलचित्र’हिमालय पुत्र’ बाट सुरु गरेका थिए । अक्षय खन्नाको दोस्रो चलचित्र ‘बोर्डर’ हो ।

अक्षय खन्नाले फिल्म ‘ताल’बाट पहिचान बनाए । चलचित्र १९९९ मा रिलिज भएको थियो र सुपर हिट भयो । फिल्ममा अक्षयसँग ऐश्वर्या राय थिइन् । फिल्म ‘दिल चाहता हे’ बाट अक्षयले फिल्म फेयर वेस्ट सपोर्टिङग एक्टरको अवार्ड पाए । यसपछि अक्षयका ‘हमराज’, ‘हङ्गामा’, ‘हलचल’, ‘रेस’ र ‘दहक’ जस्ता चलचित्रमा सफल भए ।

अक्षय खन्नाका बुवा विनोद खन्नाको निधन २०१७ मा भयो । यसपछि अक्षय एक्लो भए । ४६ वर्षको उमेरमा पनि उनले विवाह गरेका छैनन् । मीडिया रिपोर्ट्सका अनुसार, अक्षय खन्नाको विवाहको लागि करिश्मा कपुरलाई प्रस्ताव गरिएको थियो । तर कारणवश उनीहरूको विवाह भएन ।

करिश्माका बुवा रणधीर कपूरले विनोद खन्नाको घरमा छोरीको विवाहको सम्बन्ध पठाएका थिए । तर करिश्माकी आमा बबीता कपूरले मानिन् । सो समय करिश्माको करियर सुरुवातमा थियो । बबीताले चाहिनन् कि करियरको यस समयमा करिश्माको विवाह होस ।

अक्षय खन्नालाई एकपट विवाह बारेमा सोधिएको प्रश्नमा भनेका थिए , ‘मलाई बच्चा मन पर्दैन त्यसैले मैले आजसम्म विवाह गरिन ।’ साथै उनी भन्छन् , ‘ म कहिले पनि विवाह गर्न चहादिन । मलाई एकलै बस्न ठिक लाग्छ । म केही समयसम्म सम्बन्धमा रहन सक्छु तर लामो समयसम्म त्यो सम्बन्धलाई निभाउन सक्दिन ।’

अक्षय खन्नाको नाम दुई-तीन हिरोइनसँग पनि जोडिएको थियो । यस मध्ये एक हुन् तारा शर्मा । अक्षय सधैँ लजालु स्वभावका रहेका छन् त्यसैले उनी आफ्नो पर्सनल लाइफको बारेमा कुरा गर्दैनन् । ताराको विषयमा पनि उनले बाहिर कहिल्यै कुरा गरेनन् । अक्षय खन्ना केही समय रिया सेनसँग पनि डेटमा रहे ।

अक्षय खन्नाको अन्तिम गर्लफ्रेन्ड सेरा हुन । सेरा एक ब्रिटिस मोडल हुन् । अक्षय र सेरा भेटघाट इङल्याण्डको ट्रिपमा भएको थियो । सेराले अक्षयसँग भारतमै बस्ने निर्णय गरेकी थिइन् । तर पछि अक्षयले एक जर्मन केटीको लागि उनलाई धोखा दिएको हल्ला बाहिरिएको थियो । अक्षय खन्नाले चलचित्र ‘एक्सीडेन्टल प्राइम मिनिस्टर’ र ‘सेक्शन ३७५’ मा राम्रो काम गरे । अन्य चलचित्र भने रिलिज हुन बाकी छ ।

About admin

Check Also

यस्ती छिन नायिका प्रियंकाकि छोरी आयन्का, निकै खुशी हुदै छोरीलाई खेलाएको भिडियो सार्बजनिक

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन्। उनले बुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *