Thursday , October 28 2021
Breaking News
Home / समाचार / उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन : बल्ल हुने भयो सहज

उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन : बल्ल हुने भयो सहज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटि परिवर्तन हुने भएको छ । त्यसका लागि उपत्यकाका तीन जिल्लाका सिडिओहरुले तयारी थालेका छन् । उनीहरुको मंगलवार बसेको बैठकले मोडालिटिको बुँदा तयार पारेको छ । घोषणा हुन बाँकी मोडालिटिमा केही परिवर्तन भएको बताइएको छ ।

यस अघि बन्द भएका खाद्यान्नका पसल संचालन हुनेछन् । एक साता खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरहरु पूर्ण बन्द गरिएका थिए । अब ति विहान १० वजे सम्म सञ्चालन हुने भएका छन् । जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने नयाँ मोडालिटिमा उल्लेख छ ।

साथै प्रशासनले यस अघि पूर्ण रुपमा बन्द गराएका उद्योग, निर्माण कार्यका ढुवानीहरु पनि खुला गर्ने भएको छ । त्यस्ता ढुवानी सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।

अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप पनि सञ्चालन गर्न पाइने छ । उद्योगले पनि कामदारको आवासीय व्यवस्था मिलाएर संचालन गर्न सक्नेछन् । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।

About admin

Check Also

यिनै हुन् पूर्णचन्द्र तामाङ जस्ले आफ्नी १५ बर्षिया छोरा र ३५ बर्षिया श्रीमतीलाई…..

इलाम : इलामको देउमाई नगरपालिका-५ का एक व्यक्तिले गए राती पत्नी र छोरीको ह’ ‘त्या …

Leave a Reply

Your email address will not be published. Required fields are marked *