Thursday , October 28 2021
Breaking News
Home / समाचार / परीक्षण कम गरेर को’रोना संक्रमितको सङ्ख्या घटाउँदै मन्त्रालय

परीक्षण कम गरेर को’रोना संक्रमितको सङ्ख्या घटाउँदै मन्त्रालय

काठमाडौं ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ५५ जनाको पिसिआर परिक्षण गरिएको थियो । गत एक साताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई नियाल्दा पिसिआर परिक्षणको संख्या नै घट्दो क्रम भएकै कारण संक्रमितको संख्या कम भएको कुरा स्वास्थ्यकर्मीहरुको भनाई छ ।

संक्रमितको संख्या उच्च स्तरमै रहेको र कूल परीक्षणको ३० देखि ३५ प्रतिशतमा अझै संक्रमण पुष्टि भइरहेको तथ्यांकले देखाईरहेको अवस्थामा को’रोना संक्रमण घट्यो

भन्नु ना’गरिकलाई झु’क्याउने जस्तो भएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ ।पछिल्लो समय देशभर सरकारी र नीजि गरी ९० वटा ल्याबमा को’रोना परीक्षण हुँदै आएको छ ।

यसका साथै भारत र नेपालको सिमा नाका तथा स्थानीय स्तरमा ए’न्टिजेन मार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ । नमूना संकलन नै कम भएकाले परिक्षण घ’टेको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि स्वीकार्नुहुन्छ ।

उहाँका अनुसार अझै पनि परीक्षणलाई समुदाय स्तरमा लैजान सकिएकै छैन । अहिलेको अवस्थालाई हेर्दा अधिकांस पिसिआर परिक्षण लक्षण देखिएर अस्पतालमा स्वास्थ्य संस्थामा आई नमूना दिनेको मात्र सहज परीक्षण भइरहेको छ । स्थानीय तहमा भएको एन्टिजेन परीक्षणको रिर्पोट कमैमात्र छ ।

About admin

Check Also

यिनै हुन् पूर्णचन्द्र तामाङ जस्ले आफ्नी १५ बर्षिया छोरा र ३५ बर्षिया श्रीमतीलाई…..

इलाम : इलामको देउमाई नगरपालिका-५ का एक व्यक्तिले गए राती पत्नी र छोरीको ह’ ‘त्या …

Leave a Reply

Your email address will not be published. Required fields are marked *