Sunday , September 26 2021
Breaking News
Home / समाचार / आफैले लगाएको नियमलाइ परिबर्तन गर्दै प्रशासनले जारि गर्यो यस्तो बिज्ञप्ति, अब काठमाडौं उपत्यकामा हुने भयो धेरै सहज (बिज्ञप्ति सहित)

आफैले लगाएको नियमलाइ परिबर्तन गर्दै प्रशासनले जारि गर्यो यस्तो बिज्ञप्ति, अब काठमाडौं उपत्यकामा हुने भयो धेरै सहज (बिज्ञप्ति सहित)

काठमाडौं उपत्यकाको निषेज्ञाज्ञा केही खुकुलो बनाउँदै जेठभर लम्बाउने निर्णय गरिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफल लागि बैठक बसेका हुन् । बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

बैठकले खाद्य तथा पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । त्यस्तै रोकिएका निर्माण कार्य पनि व्यवस्थित तरिकाले संचालन हुने भएको छ । निर्माण सामग्री रातमा ढुवानी गरेर दिउँसा निर्माण कार्य गर्ने अनुमति दिने भट्टराईले जानकारी दिए । मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ।

यस अघि एक सातादेखि खाद्यान्न पसल र निर्माण कार्यसञ्चालनमा रोक लगाइएको थियो। यस बाहेक यस अघिको अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ। बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताए।

यस्तै सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो ।

जेठ २१ गतेदेखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञामा मर्निङवाक र इभिनिङ वाक गर्न खुल्ला गरिएको छ।

शैक्षिक संस्थाहरु बन्द नै रहने भए पनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ। कूटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न पाउने भएका छन्।

About admin

Check Also

छोरी लिएर बस्ने श्रीमान श्रीमती छुट्ने भए, डिभोर्स पेपरमा यस्तो सम्म लेखियो, श्रीमती रुदै यसो भनिन् (भिडियो)

काठमाडौ । पछिल्लो समय झापा पाडाजुगीकी डोनु विश्वकर्माको विषय निकै चर्चामा छ । उनका श्रीमानले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *