Friday , June 18 2021
Breaking News
Home / स्वास्थ्य / यसरी प्रयोग गर्नुहोस घिउकुमारी जस्ले अनुहार चम्किलो बनाउन सहयोग गर्दछ

यसरी प्रयोग गर्नुहोस घिउकुमारी जस्ले अनुहार चम्किलो बनाउन सहयोग गर्दछ

औषधि जन्य गुण हुने भएकोले घ्युकुमारीको प्रयोग विभिन्न सौन्दर्र्य ब्रदक उत्पादनमा गरिन्छ । मानिसहरु आफ्नो छालालाई नरम र चम्किलो बनाउनको लागि महङ्गा सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्दछन् ।

यसबाट धेरै पैसा खर्च हुने हुन्छ । त्यसैले आफ्नो छालालाई सुन्दर तथा आर्कषक बनाउने कोशिश तपाइँले प्राकृतिक उपायबाट पनि गर्न सक्नुहुन्छ । यसको लागि तपाइँलाई मात्र एउटा सामाग्री घ्युकुमारीको आवश्यकता पर्दछ । यसको प्रयोगले तपाइँमा आउने परिवर्तनबाट तपाइँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ । यसलाई प्रयोग गर्ने विधि निकै सरल छ । जुन निम्नानुसार छ ।

१:- सबैभन्दा पहिला घ्युकुमारीको पातलाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।

२:- यस्लाइ नरम बनाउनुहोस
यसपछि घ्युकुमारीको पातलाई जोडले हानेर नरम बनाउनुहोस् । यसको लागि तपाइँले बेलनको पनि प्रयोग गर्न सक्नुहुन्छ।

३:- दुई टुक्रामा काट्नुहोस
घ्युकुमारीको पातलाई नरम बनाईसकेपछि यसलाई दुई टुक्रामा काट्नुहोस् । तर यसलाई ठुलो टुक्रामा नभई आफूलाई ठिक्क हुनेगरी मात्र काट्नुहोस् ।

४:- किनारालाई काट्नुहोस्
एउटा चक्कुको मद्धतले घ्युकुमारीको दुबै भागको किनारालाई काट्नुहोस् । यसपछि दुबै किनारा खुल्ला भएपछि सजिलैसँग यसलाई खुर्काउनसक्नुहुनेछ ।

५:- चिरेर दुई भागमा छुटाउनुहोस
घ्युकुमारीको पातलाई र्खुकाइसकेपछि यसलाई हातले चिर्नुहोस् । यदि चिर्न गाह्रो भएमा चक्कुको मद्धतले बीचबाट चिरेर दुई भागमा छुटाउनुहोस् ।

६:- रसलाई बाहिर निकाल्नुहोस्
एउटा चम्चाको मद्धतले घ्युकुमारीको पातबाट रसलाई निकाल्नुहोस् । तपाइँले जति सक्नुहुन्छ , त्यति नै यसबाट रसलाई निकाल्न सक्नुहुन्छ । यसपछि रसलाई एउटा भाँडोमा हाल्नुहोस् ।

७:- अनुहारमा दल्नुहोस
औंलाको मद्धतले घ्युकुमारीको रसलाई आफ्नो अनुहारमा राम्ररी दल्नुहोस् । त्यसैगरी तपाइँले रसलाई घ्युकुमारीको पातले पनि अनुहारमा दल्न सक्नुहुन्छ । त्यसपछि यस फेस मास्कलाई १५ देखि २० मिनेटसम्म त्यसै छोड्नुहोस् ।

८:- अनुहारलाई राम्रो गरि पखाल्नुहोस
फेस मास्क सुकेपछि यसलाई खुर्काएर निकाल्नुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले धुनुहोस् । तर यसको लागि कुनै साबुन वा रासायनिक वस्तुको प्रयोग भने नगर्नुहोस् ।

९:-त्यसपछि सफा रुमालले आफ्नो मुख पुछ्नुहोस् । तपाइँको अनुहार चम्किलो र सुन्दर देखिनेछ । यस उपचारको परिणामबाट तपाइँको अनुहारमा आएको परिवर्तनलाई देखि पक्कै पनि तपाइँ आश्चर्यमा पर्नुहुनेछ । अब तपाईंको अनुहार सफा अनि चम्किलो हुनेछ ।

About admin

Check Also

भनेकै समयमा ग’र्भ बस्नका लागि यो समयमा यौ’न सम्पर्क गर्नुपर्छ : डा. सबिना सिम्खडा

काठमाडौं । नेपालमा पछिल्लो समय बाँझोपन एक जटिल समस्याको रुपमा देखिएको छ । यसमा महिला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *