Friday , June 18 2021
Breaking News
Home / समाचार / सकियो विमानको युग, काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप आयो

सकियो विमानको युग, काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप आयो

काठमाडौ । तपाई कसै न कसैले हाइपरलूपका बारेमा सुन्नुभएको हुनुपर्छ । अबको नयाँ युगको यातायात हो भर्जिन हाइपरलूप । यसले अब विमानको युग अन्त्य गर्ने भएको छ । नयाँ युगको यातायात भर्जिन हाइपरलूप मानव सवार सहित सफल परीक्षण भएको छ । सुपर हाई स्पीड ( लेविटेटिङ्ग पड सिस्टम रहेको यो नयाँ यातायातको साधन अहिलेसम्म पत्ता लागेको सबैभन्दा द्रुत गतिको सवारी हो । यसमा विश्वकै पहिलो यात्रीले सवारी पूरा गरिसकेको सुखद खबर आएको छ ।

कम्पनीले भन्यो की एक महत्वपूर्ण सुरक्षा परीक्षण पूरा भएको छ । जसमा मानव कार्गो परिवहन दुबै उडानमा सफलता हात परेको छ । भर्जिन हाइपरलूप कम्पनीका प्रमुख जोश गिगेल, यसका मुख्य व्यवसायीक अधिकारी तथा यात्री सारा लुचियन सहितले यात्राको अनुभव लिइसकेका छन् ।

अमेरिकाको लस भेगासबाट यसको परीक्षण गरिएको थियो । परीक्षण स्थलबाट यो १७२ किलोमिटर प्रतिघण्टाका दरमा चलाईएको थियो । पहिलो परीक्षण भएकाले यात्रीले कस्तो अनुभव गर्छन भन्ने हेर्नु थियो यसैले पूर्ण क्षमतामा चलाइएन । भर्जिन हाइपरलूपका अध्यक्ष तथा डीपी वर्ल्ड ग्रुपका अध्यक्ष चीफ एक्जीक्यूटिव सुल्तान अहमद बिन सुलेयम भने की मेरो आँखा अगाडी नै दुनियाँले नदेखेको सपना साकार हुँदा अति नै आनन्द मिलेको छ ।

लस एन्जिल्स स्थित हाइपरलूपले भविष्यको कल्पना गरेको छ । जसमा अब कार्गो या यात्री ६०० माइल (९६६ किलोमिटर) प्रतिघण्टाको अति द्रुत गतिको सवारी चढ्न पाउने भएका छन् । काठमाडौदेखि भारतको राजधानी नयाँ दिल्ली हवाई दुरी ८ सय किलोमिटर छ । यस हिसाबमा अब २० मिनेटमा नै यो यात्रा पुरा गर्न सकिनेछ । हाइपरलूप प्रणालीमा अति द्रुत गति कायम गर्न चुम्बकीय उत्तोलनको उपयोग गरिन्छ । न्यूयोर्क बाट वाशिंगटन डिसी पुग्नपनि मात्र ३० मिनट लाग्छ ।

यो कमर्शियल जेट फ्लाइट भन्दापनि दुई गुणा र अहिलेसम्म बनेका हाई–स्पीड ट्रेन भन्दा चार गुना द्रुत गति हुनेछ । कम्पनीले पहिले नेवादा क्षेत्रमा मानव यात्री बाहेक नै ४०० किलोमिटर प्रति घण्टामा कुदाएर परीक्षण गरेको थियो । त्यो परीक्षणको एक महिनापछि यो उपलब्धि हासिल गरेको अन्र्तराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

भर्जिन हाइपरलूपले यूएस राज्य वेस्ट भर्जीनियाका लागि ५०० मिलियन डलर निर्माण केन्द्र तथा परीक्षण क्षेत्र बनाउँनका लागि खर्च गरेको छ । अब यसलाई व्यवसायीक प्रयोगका लागि काम थालिएको छ । हाइपरलूप यात्रु र सामान ढुवानीका लागि प्रस्ताव गरिएको नयाँ मोडल थियो । जुन पहिला टेस्ला र स्पेसएक्स हाइपरलुपबाट संयुक्त टोलीले जारी गरेको खुला स्रोत भ्याक्ट्रेन डिजाइन वर्णन गर्न प्रयोग गरिएको थियो । जसमा कम हवाको चाप रहेको सील ट्यूब वा ट्यूबको प्रणालीको रूपमा वर्णन गरिएको थियो ।

त्यही परिकल्पनामा अहिले यो परीक्षण सफल भएको हो । जसको माध्यमबाट हावा प्रतिरोध वा घर्षण को लागि विशेष प्रविधि बनाइन्छ । हाइपरलूपले सम्भावित रूपमा एयरलाइन वा हाइपरसोनिक वेगमा व्यक्ति वा वस्तुहरू बोक्न सक्छ । यो कार्यान्वयन भएपछि रेल र हवाईजहाजको यात्राको तुलनामा यात्रा समय कम गर्न सक्दछ ।

एलोन मस्कले सर्वप्रथम २०१२ मा सार्वजनिक रूपमा हाइपरलूपको उल्लेख गरेका थिए । उनको प्रारम्भिक अवधारणाले कम दबावको ट्यूबहरू समाहित गर्‍यो भने प्रेशरयुक्त क्याप्सूल वायु भित्र मोटर्स राखिएको छिटो गतिको सवारी हुनसक्छ । यो उनको सोच थियो ।

About admin

Check Also

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *