Friday , June 18 2021
Breaking News
Home / Uncategorized / आज नेपालमा यी ठुला दुई ब्याक्तिको निधन

आज नेपालमा यी ठुला दुई ब्याक्तिको निधन

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पुनरावेदन अदालत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए । उपचारका सबै विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि आज बिहान उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

यस्तै नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइबाको निधन भएको छ। सिरहा निवासी ७८ वर्षीय वाइबाको कोरोना संक्रमणको कारण बिहीबार साँझ झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

वाइबा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए। तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो।

आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विश्वनाथ साहले जानकारी दिए। एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

नेता वाइबा तत्कालिन बामपन्थी नेता जयगोविन्द साहको प्रेरणाले सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए। सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए। सिरहाको कर्जन्हा नगरपालिका बडहरा मिर्चैया निवासी वाइबाको आज बिहान कमला नदीमा दाहसंस्कार हुने नेता साहले जानकारी दिए।

About admin

Check Also

कति राम्रो ज्ञानेन्द्रको मन, अन्ततः सबैलाई दिए माफी (भिडियो सहित)

काठमाडौ । सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि भएको घटनामा मिलापत्र भएको छ । शाही माथि ह’ ‘म’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *