Friday , June 18 2021
Breaking News
Home / समाचार / काठमाडौ कोटेश्वर स्थित भाटभटेनीका म्यानेजर पक्राउ

काठमाडौ कोटेश्वर स्थित भाटभटेनीका म्यानेजर पक्राउ

काठमाडौ । काठमाडौको कोटेश्वर स्थित भाटभटेनीका म्यानेजर पक्राउ परेका छन् । उनलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको हो । महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको छ ।

किराना पसल र डिपार्टमेन्टर स्टोरहरुलाई विहान ९ वजे सम्म मात्र संचालन गर्न अनुमति दिइएकोमा कोटेश्वर स्थित भाटभटेनी दिउसो पनि संचालन भएको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था छ । दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।

About admin

Check Also

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *