Sunday , June 20 2021
Breaking News
Home / समाचार / राउटे युवती माथि पहिले पनि भएको रहेछ यस्तो घ’ट’ना सो करण मुखियाले ४ महिनासम्म..

राउटे युवती माथि पहिले पनि भएको रहेछ यस्तो घ’ट’ना सो करण मुखियाले ४ महिनासम्म..

राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दो षी लाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दो षी लाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो ।

सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्या न नै जोखिममा पर्ने सक्ने देखिएको जनाएको छ ।

यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी ब न्दी बनाएको अनुगमनबाट जानकारी प्राप्त भएको आयोगको दाबी छ ।

*आयोगले युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेको थियो ।

ती युवतीलाई दु र्व्य वहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।

About admin

Check Also

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *