Friday , June 18 2021
Breaking News
Home / समाचार / बोराभित्र मानिसको खु’ट्टा भेटियो

बोराभित्र मानिसको खु’ट्टा भेटियो

काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बो’राभित्र श’वको केही भा’ग फेला परेको छ । आज बिहान ‘दुँबो टि’प्न गएका स्थानीयले बोराभित्र शवको घुँ’डा र खु’ट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै ज्या’न लि’एर श’वको एक भाग यहाँ फा’लेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भा ज’ले’को अवस्थामा फेला परेको छ । शरीरको सिं’गो पा’र्ट यहाँ देखिदैन ।

उक्त शवको केही भाग मात्र भेटिएकाले श’वको पहिचान गर्न नसकिएको उनले बताए । घटनास्थलमा पुगेका फरेन्सिक चिकित्सकका अनुसार उक्त शव कम्तीमा ३ हप्ता भन्दा पुरानो देखिन्छ ।

काठमाडौं प्रहरी प्रमुख सिंहले भने,‘लगभग तीन हप्ता चार हप्ता बीचको हराएको मान्छेहरुको सूची पनि खोज्छौ । ह’डी र खु’टाको परीक्षणबाट के खुल्न सक्छ त्यसले पनि हामीलाई सहयोग गर्छ । अनुसन्धानको क्रममा पछि खुल्न जान्छ ।’

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको जानकारी दिए । अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।

यो पनि : टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन् ।

टिपरमा अवैधरूपमा जङ्गली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ । टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ ।

यो पनि : गन्धर्व समुदायमा राहत पुगेपछि खुशीयाली

झापाको कचनकवल गाउँपालिकामा बसोबास गर्दै आएका अल्पसङ्ख्यक गन्धर्व समुदायको बस्तीमा खाद्य सङ्कट भएको समाचार राससमा प्रकाशित भएपछि पर्याप्त राहत सहयोग जुटेको छ । राहत आएपछि बस्तीमा खुशीयाली छाएको छ । कचनकवल–२ को सो विपन्न बस्तीमा गन्धर्व समुदायका ४६ परिवार बस्दै आएका छन् । कोभिड–१९ को महामारीका कारण निषेधाज्ञा लम्बिएपछि सो बस्तीका बासिन्दा भोकभोकै परेका थिए ।

काठमाडौँका केदार गान्धारीले रु ९० हजार पठाएर रासस झापा कार्यालयमार्फत बस्तीका ४६ परिवारमा प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, मुसुरो दाल, तोरीको खानेतेल, साबुन र टुथपेस्ट सहयोग गर्नुभयो । गान्धारीबाट प्राप्त राहत सामग्री राससको झापा कार्यालय प्रमुख चन्द्रकला भण्डारीले प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ र सञ्चारकर्मीहरुको उपस्थितिमा राहत सामग्री सोमबार हस्तान्तरण गर्नुभयो ।

राहत सामग्री पाएपछि खुशी हुनुभएकी स्थानीयवासी धनमाया गन्धर्वले सानो परिवारका लागि दुई महिना र ठूलो परिवारका लागि कम्तीमा एक महिना पुग्ने चामल, दाल र खानेतेल सहयोग पाएको बताउनुभयो । “बाहिर निस्कन नपाउँदा कमाउने बाटो थुनियो, घरमा भएको चामल दाल सबै सकियो”, धनमायाले भन्नुभयो, “राहत नआएको भए गाइनेको चुलो बल्न छाडिसकेको थियो ।”

गन्धर्व बस्तीमा अरु दाताले पनि राहत सामग्री पु¥याएका छन् । काठमाडौँकी समाजसेवी ज्वाला सङ्ग्रौला, अनेरास्ववियू कचनकवल गाउँ समिति, सत्यसाई सेवा समिति प्रदेश नं १ समिति र कचनकवल स्वतन्त्र युवा समूहबाट समेत राहत सामग्री प्राप्त भएको स्थानीयवासी रेजिना गन्धर्वले बताउनुभयो ।

झापा सदरमुकाम भद्रपुरबाट ३० किलोमिटर दक्षिण नेपालकै होचो स्थान कचनकवलमा गन्धर्व समुदायको अलग्गै बस्ती छ । सारङ्गी रेटेर गाउँगाउँ डुल्दै गीत गाउने पेशा अँगालेका विपन्न गन्धर्वहरु कोरोना महामारीका कारण हिँडडुल बन्द भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएको थियो । उनीहरुको खेतीपाती र व्यापार छैन ।

पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रविन गन्धर्वले समुदायले कोरोना कहरमा भोग्नुपरेको दुःख बुझेर राहत सामग्री ल्याइदिनु हुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ । भोकै बस्नुपर्ने परिस्थितिले चिन्तित गन्धर्व परिवारमा मनग्य राहत जुटेपछि खुशीयाली छाएको उहाँले बताउनुभयो ।

“सहयोगी मनहरुले हाम्रो दुःख बुझेर पर्याप्त राहत ल्याइदिनुभयो, अब गन्धर्व बस्तीमा कोही पनि भोकै बस्नुपरेन”, उहाँले भन्नुभयो, “गाउँबस्ती डुलेरै पुर्खादेखि जीविका चलाउँदै आएका थियौँ । कोरोनाले निषेधाज्ञा लागेपछि लामो समय घरभित्रै बस्नुपर्दा खानेकुराको चरम अभाव भएको हो ।”

सोही क्षेत्रका जनप्रतिनिधि एवं प्रदेशसभा सदस्य बानियाँले जनताको स्वास्थ्य सुरक्षाका लागि लामो अवधिसम्म निषेधाज्ञा लगाउनु पर्ने परिस्थितिले विपन्न गन्धर्व समुदायमा खाद्य सङ्कट उत्पन्न भएको जनाउँदै मानवीय भावनाले ओतप्रोत भएर राहत सहयोग गर्नुहुने सबै दाताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

गन्धर्व समुदायको कला, संस्कृति र पहिचानको संरक्षणका लागि प्रदेश सरकारको सहयोगमा गन्धर्व सङ्ग्रहालय निर्माण शुरु गरिएको बानियाँले बताउनुभयो । सो समुदायका लागि जनता आवास कार्यक्रममार्फत विपन्न परिवारलाई घर निर्माण, सामुदायिक घरबास कार्यक्रम र बालबालिकाको शिक्षाका लागि विशेष योजना ल्याइएको उहाँले जानकारी दिनुभयो ।

About admin

Check Also

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *