Monday , December 6 2021
Breaking News
Home / मनोरंजन / पारसबारे पूर्णिका शाहले भनिन्ः मेरो बाउ निश्चल छन् राम्रो नराम्रो दुवै साइड देखाउँछन् (भिडियोसहित)

पारसबारे पूर्णिका शाहले भनिन्ः मेरो बाउ निश्चल छन् राम्रो नराम्रो दुवै साइड देखाउँछन् (भिडियोसहित)

काठमाडौं । पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले टिकटकमा एउटा भिडियो राखेकी छिन् । जसमा उनले आफ्नो परिवारको बारेमा बोलेकी छिन् ।

पूर्णिका शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’ उनले अधिकांश अंग्रेजी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।

आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’

भिडियोमा उनले प्याजी रङको कपडा लगाएकी छिन् । आफ्नो हजुरबाबु हजुरआमा र आमाको विषयमा पनि उनले बोलेकी छिन् । उनीहरुले मात्र राम्रो साइड मात्र देखाउने गरेको उल्लेख गरेकी छिन् ।

About admin

Check Also

बिहे नहुँदै विक्की कौशलले दिए कट्रिनाकी आमालाइ यति ठुलो उपहार

विक्की कौशल र कट्रिना कैफको विवाह यतिबेला चर्चामा छ । यो जोडीले विवाह गर्न लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *