Friday , June 18 2021
Breaking News
Home / समाचार / बस्ती सील गरेपनि राउटे बसिरहेको ठाउँ नै छाेडेर हिँडे काहाँ गए राउटे (भिडियो सहित)

बस्ती सील गरेपनि राउटे बसिरहेको ठाउँ नै छाेडेर हिँडे काहाँ गए राउटे (भिडियो सहित)

राउटे समुदायका दुई युवती माथि भएको घटना पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बाह्य व्यक्तिहरुलाई राउटे समुदायमा जान रोक लगाएको थियो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

राउटे समुदायका युवतीहरुमाथि भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको थियो तर । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जान रोक लगाएको उनले बताए । राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि जथाभावी हिड्न नदिने गरी सुरक्षाकर्मी समेत खटाइएको उनले जानकारी दिएका थिए ।

उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्रहरी खटाइएको उनले बताएका थिए । पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्। सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रोक लगाएको रिजालले जानकारी दिए ।

राउटेहरुको आफ्नै नियम कानुन हुने र त्यो निकै कडा हुने भएकाले युवतीहरुको ज्यान जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । यस अघि पनि ति युवतीहरु नजर बन्दमा परिसकेका कारण उनीहरुको ज्यान थप जोखिममा देखिएको थियो ।

About admin

Check Also

एक पत्रकार जसले आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरे

१ असार राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती र मेलम्ची नदीको बाढी पस्यो । बजार पसेसँगै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *