Thursday , October 28 2021
Breaking News
Home / समाचार / फेरी लागु हुने भयो यस्तो नियम, बिहान १० बजे सम्म पसल खोल्न दिने गरि लकडाउन थप्ने तयारी

फेरी लागु हुने भयो यस्तो नियम, बिहान १० बजे सम्म पसल खोल्न दिने गरि लकडाउन थप्ने तयारी

वैशाख १६ गतेदेखि जारी रहेको लकडाउन फेरि थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै लकडाउन लम्बिन सक्ने बताइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ ।

अब हुने निषेधाज्ञा केही खुकुलो हुने बताइएको छ । काठमाडौं उपत्यका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिदैछ । अबको तीन दिनपछि यसअगाडी जारी गरेको निषेधाज्ञाको अवधि समाप्त हुदैछ । त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने। निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरिन्छ । ‘त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइन्छ,’ पराजुलीले भने।

जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *