Thursday , October 28 2021
Breaking News
Home / रोचक / २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा २५० मिटरको विशाल एस्टोरोइड पृथ्वीतर्फ आउँदै

२२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा २५० मिटरको विशाल एस्टोरोइड पृथ्वीतर्फ आउँदै

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २५० मिटरको विशाल एस्टोरोइड २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको र यो भोलि बिहीबार पृथ्वीको सबैभन्दा नजिकबाट जाने बताएको छ । नासाले यो एस्टोरोइडलाई २००६ देखि निगरानी गरिरहेको थियो । यो एस्टोरोइड गोल्डेन गेट ब्रिजभन्दा अग्लो भएको बताइएको छ । यो एस्टोरोइडलाई ‘२०२१ जीएम ४’ नाम दिइएको छ ।नासाका अनुसार यो एस्टोरोइड ११० मिटरदेखि २५० मिटरसम्म फराकिलो हुन सक्छ ।

यसको पहिचान सबैभन्दा पहिले १० अक्टोबर २०२० मा भएको थियो । यसअघि यस्तै किसिमको एस्टोरोइड २०२० डिएम ४ २०२० को मे महिनाका पृथ्वीको कक्षनजिकैबाट गएको थियो । वैज्ञानिकको अनुमान अनुसार अहिले आइरहेको उस्टोरोइड बिहीबार जुलाइ १ का दिन पृथ्वीको छेउबाट जान सक्छ ।

अहिले यसले ६.२९ किलोमिटर प्रतिसेकेण्डको गतिमा यात्रा गरिरहेको छ ।नासाले यसलाई खतरनाक एस्टोरोइडको श्रेणीमा राखेको छ । यो एस्टोरोइड पछिल्लो दिनमा पृथ्वीनजिक आउने एस्टोरोइडमध्ये तेस्रो हो । नासाले अहिले २ हजार यस्ता एस्टोरोइडको निगरानी गरिरहेको छ जो पृथ्वीका लागि खतरा बन्न सक्छन् ।

यदि कुनै तीब्र गतिको अन्तरिक्ष वस्तु पृथ्वीभन्दा साढे ४६ लाख माइलको दूरीमा आउन सक्छ भने त्यसलाई खतरनाक मानिन्छ । आगामी १०० वर्षको लागि २२ यस्ता एस्टोरोइड छन् जो पृथ्वीसँग ठोक्किन सक्ने न्यून सम्भावना छ ।

About admin

Check Also

नदी बगरमा ३ जोडीबीच सहमतिमा शा’रीरिक सम्बन्ध, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

काठमाडौं: प्रहरीले सा’मूहिक ब,’लात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असोज ३० गते ३ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *