Saturday , July 24 2021
Breaking News
Home / रोचक / मंगल ग्रहमा पानीका ठूला–ठूला दर्जनौं ताल !

मंगल ग्रहमा पानीका ठूला–ठूला दर्जनौं ताल !

काठमाडौं। मंगल ग्रहको दक्षिणी ध्रुवको मुनि वैज्ञानिकहरुले यसअघि सोचेभन्दा धेरै पानी हुन सक्ने बताएका छन् । यो रातो ग्रहको दक्षिणी ध्रुवको तल केही यस्तो वस्तु छ जो तलतिर गइरहेको छ । यसलाई वैज्ञानिकले अहिलेसम्म बुझ्न सकेका छैनन् ।

राडारको संकेतले भने यहाँ जलीय स्रोतको सम्भावना भएको जनाएको छ । युरोपियन स्पेस एजेन्सीको मार्स एक्सप्रेस स्पेसक्राफ्ट र मार्स एड्भान्स राडारबाट प्राप्त तथ्यांकको विश्लेषणपछि वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन् ।मार्स एक्सप्रेस स्पेसक्राफ्टको आंकडाअनुसार वैज्ञानिकहरुले मंगल ग्रहको दक्षिणी ध्रुवमा जमिनमुनि १९ किलोमिटर फराकिलो र १.६ किलोमिटर गहिरो तालको संकेत र प्रमाण पाएका छन् ।

यो ताल माथि सुख्खा र उबडखाबड सतहको धेरै तल छ । अब यही स्पेसक्राफ्टका वैज्ञानिकहरुले फेरि यो दावीको पुष्टिको सम्भावना जनाएका छन् । मार्स एक्सप्रेस स्पेसक्राफ्टमा जडित मार्स एड्भान्स राडार फर सबसरफेस एण्ड आयोनोसकोपिक साउन्डिङ (एमएआरएसआइएस) को डाटाबाट २०१८ मा भएको खोज सही भएको थाहा हुन्छ ।

वैज्ञानिकहरुका अनुसार त्यहाँ एउटा मात्र होइन दर्जनौं ताल छन् । यीमध्ये केही १० किलोमिटर फराकिला छन् । यस्ता करिब ३ तालको आकारको सही अनुमान गर्न सकिएको छ । एमएआरएसआइएसको डाटालाई यस वर्ष गहिरो रुपमा चाँच गर्दा यो कुरा सही भएको थाहा भयो ।

About admin

Check Also

मंगलबार ग्रहचक्रमा ठूलो परिवर्तन, सबै राशिलाई असर ! कुन राशिलाई कस्तो ?

एजेन्सी – ग्रहहरुको सेनापति मंगल ग्रहले मंगलबार राशि परिवर्तन गर्दैछ। मंगलबार साँझ ६ बजेर ३४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *