Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / छक्का पञ्जाकी अभिनेत्री सुपुष्पाले आफ्नो प्रेमीसँग सुटुक्क गरिन विबाह, तस्विर भाइरल

छक्का पञ्जाकी अभिनेत्री सुपुष्पाले आफ्नो प्रेमीसँग सुटुक्क गरिन विबाह, तस्विर भाइरल

काठमाडौं । चलचित्र छक्का पञ्जा, रणवीर लगायतका चलचिमा अभिनय गरेर चर्चा कमाएकी नायिका सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विबाह गरेकी छिन् । सुपुष्पाले शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा निर्माता तथा प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी हुन् ।

कोरोनाका कारण वैबाहिक समारोमा दुवै तर्फको सीमित व्यक्ति मात्र सहभागी रहेको थियो । चलचित्र ‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्ट दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा विशेष भूमिका गरेरपछि झनै चर्चामा छिन् । तर, सुपुष्पालाई भने आफू दर्शकमाझ नोटिस भएको भन्ने लाग्दैन । उनी भन्छिन्–‘मलाई अझै पनि दर्शकले नोटिस गर्नुभएको छ भन्ने नै लाग्दैन । म आफूले सक्ने बेष्ट दिने प्रयासमा छु ।’

पछिल्ला केही वर्षदेखि प्रेममा रहेको यो जोडीले कोरोना महामारीका बीच बैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए ।सुपुष्पाका पतिले ‘कबड्डी र मिस्टर झोले’ लगायतका फिल्मको निर्माण गरेका छन् । सुन्दरी नायिका सुपुष्पाले अभिनय गरेको ‘चपली हाइट ३’ प्रर्दशनमा आउन बाँकी रहेको छ ।

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *