Wednesday , July 28 2021
Breaking News
Home / मनोरंजन / बलिउड अभिनेता आमिर खानले श्रीमती किरण राव संग दोस्रो सम्बन्धविच्छेद

बलिउड अभिनेता आमिर खानले श्रीमती किरण राव संग दोस्रो सम्बन्धविच्छेद

बलिउड अभिनेता आमिर खान र उनका श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ। शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन्।

५६ वर्षका आमिर र ४७ वर्षकी रावले शनिबार एक बयानमार्फत जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको र आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको बताएका छन् ।

दोस्रो पटक आमिर खानको सम्बन्धविच्छेद भएको छ । पहिलो श्रीमती रीना दत्तासँग आमिर खानको पहिलोपटक सम्बन्धविच्छेद भएको थियो । आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ ।

हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा ।

उनीहरुले श्रीमान र श्रीमतीको सम्बन्धलाई त्यागेर अब आफ्ना छोराछोरीको सह–अभिभावकको रुपमा र भिन्दै परिवार भएर अगाडि बढ्ने उल्लेख गरेका छन् । सन् २००५ मा विवाह गरेका उनीहरुको १० वर्षका एक छोरा छन् ।

About admin

Check Also

कल्पना दाहालको प्रेम विवाह !

काठमाडौं / गायीका कल्पना दाहालको पहिलो तीत गीत ‘प्रेम विवाह’ सार्वजनिक भएको छ । पछिल्लो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *