Wednesday , December 1 2021
Breaking News
Home / समाचार / नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध, गोरखा र मनाङ्गको अवस्था झनै पीडादायी

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध, गोरखा र मनाङ्गको अवस्था झनै पीडादायी

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।

त्यस्तै बारपाक बाह्रकिलो सडकखण्ड अन्तर्गत बालुवास्थित दरौदीको पक्की पुल बाढीले क्षति पु¥याएको छ । गत तीनदिनदेखि परेको अविरल वर्षाका कारण दरौदी नदीमा आएको बाढीले अजिरकोट गाउँपालिका वडा नम्बर ४ स्थित सो पुल क्षति भएको हो । बाढीले पुलको बालुवा तर्फको भागमा करिब ३० मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । सडक नदीले कटान गरेपछि पुल सडकको भागबाट नै छुट्टिएको उहाँले जानकारी दिनुभयो । बाढीले पुलमा क्षति पु¥याएपछि बाह्रकिलो बारपाक सडकखण्ड अहिले पूर्ण रुपमा अवरुद्ध छ ।

उक्त सडक खण्ड अन्तर्गत पर्ने नै बालुवादेखि बारपाक क्षेत्रमा पनि सडक भासिएको उहाँले जानकारी दिनुभयो । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २, स्थित मान्द्रे भन्ने ठाउँमा सडक करिब ५० मी तलसम्म भासिएको बताइएकोे । बाह्रकिलो बारपाक सडक खण्डमा पूर्ण रुपमा यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ । बारपाक पुग्ने एक मात्र सडक अबरुद्ध भएपछि अहिले आवत जावतमा समस्या भएको छ । बाढी र पहिरोले अबरुद्ध भएको उक्त सडक तत्कालै सञ्चालनमा ल्याउन सक्ने अबस्था नरहेको प्रमुख जिल्ला अधिकारी शलिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै नार्पाभूमि गाउँपालिकास्थित मस्र्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ ।
यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवगमन हुदैँन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले मस्र्याङ्दीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ ।”

बाढीपहिरोका कारण नार्पाभूमिका चार पुल मध्ये तीन बाढीले बगाइसकेको छ । नार्पा जोड्ने मुख्य पुल पनि अहिले भासिएर हिड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । यहाँका सबै बाटोघाटो र पुलहरु भासिनुका साथै बगाएपछि अहिले खाद्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मर फुन्चो लामाले उक्त स्थानमा खाद्यान्न ढुवानी गर्दा दुर्घटनाको सम्भावना रहेकाले आवगमनमा रोक लगाइएको जानकारी दिनुभयो । यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन् ।

जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पु¥याएको जनाइएको छ । मस्र्याङ्दी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।

बाढीले भत्काएका सडक अझै बनेनन्

विनासकारी बाढीले क्षतविक्षत बनाएको जिल्लाको सडक सम्पर्क अझै जोडिन सकेको छैन । बाढीले ठाउँठाउँमा सडक भत्काएकाले अन्य जिल्लासँग सडक सम्पर्क बिच्छेद भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङदेखि मनाङको माथिल्लो मनाङसम्मका विभिन्न स्थानमा बाढीले भत्काएका सडक सुचारु हुन सकेका छ्रैनन् । सो सडकखण्ड पहिरोले ठाउँ ठाउँमा क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो ।

उहाँका अनुसार केही ठाउँमा बाढीले सडक बगाएको छ । ती सडक तत्काल सुचारु हुने तत्काल सम्भावना नरहेकोब बताइएको छ  । यही असार सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामानसमेत हेलिकप्टरको माध्यमबाट ल्याउनुपर्ने बाध्यता छ । सो सडकखण्डको ४० प्रतिशत सडक अवरुद्ध भएको जनाउँदै सडक सञ्चालन हुन एक महिना लाग्ने देखिएको छ । बाढीले मस्र्याङ्दी नदी अन्य खोलानलामाथि बनेको बेलिब्रिज, झोलुंगे पुल, लघु जलविद्युत् र खानेपानीको पाइप बगाएको छ ।

चामेमा अस्थायी बाटो बनाउन थालियो

मस्र्याङ्दी नदीको पानीको बहाब कम भएपछि सदरमुकाम चामेमा आवतजावतका लागि बाटो बनाउन थालिएको छ । बाढीले भौतिक संरचना, व्यक्तिगत घर, सरकारी कार्यालयका भवन, बस्ती उजाडिएको छ । वर्षा कम भएसँगै नदीको सतह पनि घटेपछि आवतजावतमा सहज बनाउनका लागि चामे गाउँपालिकाका विभिन्न स्थानमा घोटेटो निर्माण थालिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । “मनाङ सडक सञ्जाल टुटेको छ, अस्थायी पुल, सडकहरु पूर्ण रुपमा देखिदैन, आज पानी पर्न कम भएको छ, स्थानीयलाई खाद्यान्न ल्याउन, लान सहज बनाउन बाटो निर्माण थालिएको हो,” उहाँले भन्नुभयो ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *