Saturday , July 24 2021
Breaking News
Home / रोचक / संसारकै महंगो औषधि प्रयोग गरिएका बालक : एक डोजको मूल्य १८ करोड

संसारकै महंगो औषधि प्रयोग गरिएका बालक : एक डोजको मूल्य १८ करोड

काठमाडौं- आमा-बाका लागि छोराछोरी नै संसार हुन्। आफू मरेर पनि आमा-बा छोराछोरी बचाउन तयार हुन्छन्। बेलायतमा यस्तै घटना भएको छ। आफ्नो सन्तान बचाउन बेलायतको एक परिवारले एक डोज औषधिका लागि १.७९५ मिलियन पाउण्ड अर्थात् १८ करोड रुपैयाँ खर्च गरेको छ।

५ महिनाका आर्थर मोर्गनलाई स्पाइनल मस्क्युलर एट्रोफी नामक रोग देखिएपछि एक सुईको १८ करोड रुपैयाँ खर्च गरेर उपचार गरिएको छ। आर्थरको जन्म सन् २०२० को डिसेम्बरमा भएको थियो। उनी महामारीको बीचमा जन्मेकाले बाबुआमाले हेरचाहमा बढी नै ध्यान दिन्थे।

आर्थरको पालनपोषण राम्रो तरिकाले गरिएको भए पनि उनले कुनै प्रतिक्रिया नदेखाउँदा अस्पताल लगिएको थियो। आर्थरलाई गम्भीर रोग लागेको पत्ता लागेपछि जोल्गेस्मा थेरापी गरियो। जोल्गेस्मा थेरापीमा हातबाट इन्जेक्सनको माध्यमबाट औषधि दिइन्छ।

जोल्गेस्मा संसारको सबैभन्दा महंगो औषधि हो। यसलाई स्वजीट्जरल्याण्डको नोवारटिस फर्मले उत्पादन गरेको हो। आर्थरका पिता रीस मोर्गनले आर्थर नै दुनियाको सबैभन्दा महंगो उपचार पाउने पहिलो बालक भएको बताएका छन्। सन्तान बचाउनका लागि उनले संसारको सबैभदा महंगो उपचार गराएका छन्।

About admin

Check Also

मंगलबार ग्रहचक्रमा ठूलो परिवर्तन, सबै राशिलाई असर ! कुन राशिलाई कस्तो ?

एजेन्सी – ग्रहहरुको सेनापति मंगल ग्रहले मंगलबार राशि परिवर्तन गर्दैछ। मंगलबार साँझ ६ बजेर ३४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *