Saturday , July 24 2021
Breaking News
Home / समाचार / सानेपामा भारतीय नागरिकको कसले लियो ज्यान ?

सानेपामा भारतीय नागरिकको कसले लियो ज्यान ?

काठमाडौ । मार्केटिङको काम गर्दै २० वर्ष देखि काठमाडौमा बस्दै आएका एक भारतीय नागरिक मृ त अवस्थामा फेला परेका छन् । उनको ज्यान लिएको प्रहरीले जनाएको छ । घटना रहस्यम भन्दै प्रहरीले अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको छ । ललितपुरको सानेपामा बस्दै आएका भारतीय नागरिक मृ त फेला परेका हुन् । उनको कोठामा केही संकेतहरु पनि फेला परेको प्रहरीले प्रारम्भिक अनुसन्धानवाट जनाएको छ ।

भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको निधन भएको हो । ह म्म र प्रयोग भएको घटनास्थलको प्रकृतिवाट देखिएको प्रहरीले जनाएको छ । झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर घटना गराएको हुनसक्ने ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएका छन् ।

उनका कोठाका केही सामान पनि हराएका कारण चोरी गर्न पसेका ब्यक्तिले घटना गराएको हुनसक्ने अनुमान गरिएको छ । घटना कतिवेला भयो भन्ने कुरा एकिन नभएपनि शुक्रवार राती नै घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि कसैसँग सम्पर्क भएको देखिएको छैन । प्रहरीले आइतवार मात्रै घटनावारे थाहा पाएको हो । प्रहरीले घटनास्थल नजिकैको सीसीटीभी अध्ययन गर्दैछ भने फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा लगेको छ ।

पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्थे । उनी २० वर्षदेखि नेपालमा बसिरहेका छन्, १२ वर्षदेखि घटना भएको घरको माथिल्लो तलामा बसिरहेको प्रहरीले जनाएको छ । घटना भएको बेला उनी घरमा एक्लै भएको देखिएको छ । फाइल तस्बिर

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *