Thursday , October 28 2021
Breaking News
Home / समाचार / मलाई बचाउ भन्दै गुहार मागेकी छोरीलाई बचाउन सकिएन, सुजिताकी आमाले भक्कानिदै भनिन् ‘सबैले आफै हिँडेकी होली समेत भने’ भिडियो सहित

मलाई बचाउ भन्दै गुहार मागेकी छोरीलाई बचाउन सकिएन, सुजिताकी आमाले भक्कानिदै भनिन् ‘सबैले आफै हिँडेकी होली समेत भने’ भिडियो सहित

चितवनको राप्ती नगरपालिकामा एक युवतीको शव फेला परेको छ । आइतबार साँझ नगरपालिकाकै ब्रम्हस्थानी सामुदायीक बनमा युवतीको शव फेला परेको हो ।

आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो। उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्।

भण्डारीको अ’पह’रण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’पह’रण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

मलाई बचाउनु भनेर बिलौना गर्दै फोन गरेर जानकारी समेत दिएकी छोरीलाई बचाउन नसकिएको भन्दै आमा अम्बिकाले बिलौना गरेकी छन् । ‘ नानी यहाँबाट हिँडिछे । आफूलाई थाहा छैन ।

धानको रोपाइँ भएकाले हामी हिँड्नु परिगो । नानीहरू घरमै थे । उनीहरू बिहान आफ्नै सुरले उठ्ने हो । मैले हेर्दा पनि हेरिनँ । त्यो दिन नानी कतिखेर गई मलाई थाहा छैन । बुबालाई, दिदीलाई पनि थाहा छैन ।

नानी गई । यहाँबाट गइसकेपछि साथीको घर पुग्नेबित्तिकै बीचमा त्यस्तो भएछ । १२ बजे दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन् ।

उसको खुशीले हिँडेको पनि हुन सक्छ नि, भन्ने कुरा भयो । अ प ह र ण गरेको व्यक्तिले कसरी फोन गर्छ भन्ने भयो । साँच्चिकै मार्न लगेको रहेछ । हामीलाई के थाहा र ?

उनले घटनाको निस्पक्ष छानविन गरी घटनामा संलग्न ब्यक्ति पक्राउ गर्न माग गरेकी छन् । हिँड्ने मान्छेले फोन गरेर मलाई बचाऊ मरे पनि भन्दैनथ्यो । कहिले पनि भन्दैन । रुँदै फोन गरेको छ मलाई बचाऊ भनेर । हामीले बचाउन सकिएन । त्यस्तोमा लगेर छोरी मा रि दिए ।’

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *