Saturday , July 24 2021
Breaking News
Home / समाचार / म्याद सकिएको डेबिट कार्डले कसरी झिके यि जोडीले ३४ लाख ३५ हजार ?

म्याद सकिएको डेबिट कार्डले कसरी झिके यि जोडीले ३४ लाख ३५ हजार ?

काठमाडौं । काठमाडौंबाट म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार निकाल्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोलुखुम्बु घर भई काठमाडौं भत्केको पुल क्षेत्रमा डेरा गरी बस्ने ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल क्षेत्रमै बस्दै आएकी ३० वर्षीया सावित्री गुरुङ रहेकी छन् ।

महानगरीय प्रहरी परिसरले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेको सूचनाको आधारमा उनीहरूको खोजी सुरु गरेको थियो ।

उनीहरूले म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तिसार भाटभटेनी इलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको छ । उनीहरूको साथबाट प्रहरीले २१ लाख रुपैयाँ नगद बरामद गरेको छ । निकालेको रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको पाइएको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *