Wednesday , December 1 2021
Breaking News
Home / समाचार / सुजिताको रहस्यमय मृत्युबारे चितवनका एसपी यसो भन्छन (भिडियो)

सुजिताको रहस्यमय मृत्युबारे चितवनका एसपी यसो भन्छन (भिडियो)

चितवन, २१ असार । ९ दिन अगाडी देखि बेपत्ता भएकी सुजिता भण्डारीको श.व फेला परेपछी स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई का.रबाही गर्न माग गर्दै उनीहरुले राजमार्ग अबरुद्द गरेका हुन्।

चितवन राप्ति नगरपालिका वडा नम्बर ३ निवासी भण्डारीको श.व चितवनको जंगलमा फेला परेको हो । उनि बेपत्ता भएपछि बहिनि अ.पहरणमा परेको भन्दै उनको दिदि मिडियामा आएकी थिइन । उनि तरकारी किन्न भनेर घरबाट निस्केपछी नफर्कीएपछी उनलाई दिदिले फोन गर्दा आफु अ.पहरणमा परेको बताएकी थिइन ।

सुजिताको खोजी कार्यमा प्रहरी प्रसाशन केहि दिन अगाडी देखि लागी पर्दै आएको थियो । यसै बीच चितवनको पुर्व पश्चिम राजमार्गबाट करिब साढे ३ किलोमिटर टाढा चितवन राप्ति नगरपालिका वडा नम्बर ३ स्थित जयश्री ब्रम्हास्थान सामुदायिक बनमा सुजिताको श.व फेला परेको स्थानीय रामेश्वर सिम्खडाले जानकारी दिएका छन ।

सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले सुजिताको शव फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । शवनजिकै झोलामा भेटिएको समानको आधारमा उनकी दिदिले सुजिताको पहिचान गरेको प्रहरीले जनाएको छ । सुजिताको परिवारले शवको पहिचान गरिसकेको उनले बताएका छन ।

सुजिताको श.व जंगलको बीचमा रहेको खोल्साको लहरामा अल्झिएको अवस्थामा फेला परेको थियो । शवको अवस्था हेर्दा उनको मृत्यु दुई दिन अगाडी नै भएको हुन सक्ने उनले बताए । यस घटनाको अ.नुसन्धान बारे चितवनका एसपी ओ.पी. अधिकारीले स्थानीयलाई जानकारी दिदै चाडै अ.पराधी पत्ता लगाउने प्रतिबद्दता समेत दिएका छन ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *