Wednesday , December 1 2021
Breaking News
Home / अन्तरास्ट्रिय / डाक्टर दम्पत्तिले गरे देहत्याग

डाक्टर दम्पत्तिले गरे देहत्याग

भारतको पुणेमा एक जोडी डाक्टर दम्पत्तिले देहत्याग गरेका छन् । महाराष्ट्रको वनवाणी नगर क्षेत्रमा एक जोडी डाक्टर दम्पत्तिले देहत्याग गरेका हुन् ।

पति पत्नीबीच एउटा विषयलाई लिएर झ गडा भएको र सोही कारणले पहिला पत्नीले त्यसपछि पतिले देहत्याग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।दुवै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पति निखिल दत्तात्रेय शेडकर र पत्नी अंकिता निखिल शेडकरले देहत्याग गरेका हुन् ।

उनीहरु बेग्लाबेग्लै अस्पतालमा काम गर्दै आइरहेका थिए । एकदिन अगाडि ं निकिता घरमा ढिला आएकी थिइन् । उक्त विषयलाई लिएर पति पत्नीबीच झ गडा भएको थियो ।

भोलिपल्ट बेलुका जब निखिल घरमा पुगे तब अंकिताले देहत्याग गरिसकेकी थिइन् । अंकिताले बेडरुममा पा’ ‘सो ल’गा’ए’र देहत्याग गरेकी थिइन् । उनलाई तुरुन्त अस्पताल पुर्याइयो । तर, उनको घरमा नै मृत्यु भइसकेको थियो ।

श्रीमतीले देहत्याग गरेपछि पीडामा रहेका निखिलले पनि देहत्याग गरे । विहीबार बिहान उनले आत्महत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीले यस्तो गर्नुको कारण स्पष्ट नभएको जानकारी दिएको छ । उक्त घटनाबारे अनुसन्धान भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ ।

About admin

Check Also

उडिरहेको विमानले बसिरहेका मानिसमाथि म’लमू’त्र खसाएपछि…

काठमाडौं, कार्तिक ८ । संयुक्त अधिराज्यको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *