Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / आमिर खानको नयाँ प्रेमिका सार्वजनिक (५ तस्विर सहति)

आमिर खानको नयाँ प्रेमिका सार्वजनिक (५ तस्विर सहति)

आमिर र किरणको सम्बन्ध विच्देछ भइरहदाँ सामाजिक सञ्जालमा अर्की अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ । फातिमा कारण किरणसंगको सम्बन्ध वि ग्रि एको अनुमान लगाइएको छ । भारतीय मिडियाले यस्तै दावी गरेका छन् । आमिर र किरणको अलग हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दं ग ल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए ।

आमिर खानले किरण रावसँग सम्बन्धविच्छेद गरेको खबरसँगै यतिबेला दंगालकी अभिनेत्री फातिमा साना सेख ट्विटरको ट्रेन्डिङमा आएकी हुन्। आमिर खानसँग जोडेर फातिमाको चर्चा सुरुवात भएको हो। ट्विटर तथा फेसबुकमा फातिमासँगको अफेयरकै कारण आमिर र किरणबीच स’म्बन्ध’विच्छेद भएको चर्चा सुरुवात भएको छ।

कामको सिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्गदर्शक भएको बताउदै आएकी थिइन् । आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिनासँग बस्दै आएका छन् । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ मा फातिमाले आमिरको छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्र आमिर र किरणले निर्माण गरेका थिए।

सन् २०१८ को ‘थग्न अफ हिन्दुस्तान’ चलचित्रमा पनि आमिर र फातिमाले अभिनय गरेका थिए। सो चलचित्रमा आमिरले कट्रिना कैफलाई भन्दा बढी फातिमालाई अभिनयको भूमिका दिएको चर्चा चलेको थियो। त्यसबेलादेखि नै आमिर र फातिमाले डेटिङ गरेको चर्चा हुँदै आएको छ। तर फातिमा र आमिरले यो विषयलाई अस्वीकार गर्दै आएका छन्।

उनीहरु डेटमा रहेको कुनै प्रमाण पनि नभेटिएको भारतीय संचारमाध्यममा जनाइएको छ। तर सन् २०१९ को अफेयरको चर्चालाई मध्यनजर गर्दै यतिबेला आमिर र किरणको यो घटना हुनुमा फातिमालाई दोष दिन थालिएको छ। उनीहरुले आमिर र किरणको विषयमा धारण राख्दै ह्यासट्याग फातिमा भनेर लेख्न थालेका छन्। फातिमाले आमिरसँगको अफेयर हल्ला भएको सन् २०१९ मै बताउँदै यस्ता हल्लाले आफूलाई त’नाव हुने गरेको बताएकी थिइन्।

यो पनि : जब आमिरले अरिजीतलाई आफ्नो मनपर्ने गीत गाउन लगाए चर्चित भारतीय गायक अरिजीत सिंहका अनगिन्ती प्रशंसक छन्। आफ्नो गायकीले स्रोता लठ्ठै पार्न सक्ने उनले बलिउडलगायत भारतका अन्य भाषाामा समेत गीतहरु गाएका छन्। ‘आशिकी’ फिल्मको गीतबाट चर्चामा उक्लेका उनका दर्जनौं गीत भारतबाहेकका अन्य देशमा पनि लोकप्रिय छन्।

‘द इन्डियन एक्सप्रेस’का अनुसार अरिजीतका खास प्रशंसकमध्ये बलिउड अभिनेता आमिर खान पनि एक हुन्। आमिर खान त्यस्ता प्रशंसकमा पर्छन् जो अरिजीतको लाइभ गायन प्रस्तुति कहिल्यै छुट्टाउँदैनन्।

आइतबार आयोजित ‘कोभिड सेलिब्रेटी एडिसन’को भर्चुअल कार्यक्रममा पनि आमिर गायक अरिजीतको ‘फ्यानबोइ’ भएका थिए। कोभिड कोष संकलनको उद्देश्यका साथ आयोजित भएको कार्यक्रममा आमिर र अरिजीतले एउटै स्क्रिन सेयर गरेका थिए।

सो कार्यक्रममा आमिरले विश्व च्याम्पियन तथा भारतीय ग्रान्डमास्टर विश्वनाथन आनन्दसँग तीस मिनेटसम्म चेस खेलेका थिए। गेमको बिचमा अरिजीत सिंह कार्यक्रमबाट निस्किन लागेका थिए तर त्यही बेला आमिरले आफूलाई मन पर्ने गीत नगाएसम्म उनी जान नपाउने बताए।

अरिजीतले कुन गीत गाउने भनेर सोध्दा आमिरले हाँस्दै भनेका थिए, ‘मलाई मनपर्ने गीत कुन हो भनेर तिमीलाई थाहा छ।’ त्यसपछि अरिजीतले आफ्नो गितार लिएर ‘ए दिल हे मुश्किल’को टाइल गीत गाए। चर्चित कलाकार रणवीर कपुर, ऐश्वर्या राई बच्चन र अनुष्का शर्माको अभिनय रहेको यो फिल्म सन् २०१६ मा रिलिज भएको थियो। यस फिल्मको टाइल गीत अरिजीत सिंहले नै गाएका हुन्।

अरिजीतले गीत गाउनै लाग्दा आमिरले उनको तारिफ गर्न छुटाएनन्। उनले भने, ‘अरिजीत निकै राम्रा गायक हुन्। मैले उनको लाइभ गायन धेरै पटक सुनेको छु र हरेकचोटि म अचम्मित हुन्छु। उनी कतै गाउन तयार भएर बसेका छन् भने म आफ्नो सबै काम छोडेर उनको गीत सुन्न बस्छु। किनकी अरिजितलाई सुन्न पाउने मौका फेरि कहिले मिल्छ थाहा हुँदैन।’

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *