Saturday , July 24 2021
Breaking News
Home / समाचार / सुजिताको पोष्टमार्टम रिपोर्ट यस्तो आयो , अब भिसेरा परिक्षणवाट के आउला प्रमाण ?

सुजिताको पोष्टमार्टम रिपोर्ट यस्तो आयो , अब भिसेरा परिक्षणवाट के आउला प्रमाण ?

काठमाडौ । चितवनकी सुजीता भण्डारीको पोष्टमार्टम रिपोर्ट आएको छ । तर त्यो रिपोर्टले थप अन्यौलता बढाएको छ । पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण खुल्न सकेन । उनले आफै यस्तो निर्णय लिइन् वा उनको मृत्युमा अरु कसैको हात छ भन्ने कुरा पोष्टमार्टम रिपोर्टमा नदेखिएको हो । चिवतनको एक सामुदायिक वनमा उनको शव फेला परेपछि पोष्टमार्टमका लागि त्रिवि क्षिण अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

पोष्टमार्टममा संलग्न चिकित्सकले रिपोर्टमा उनको घटनाको कारण यहि नै हो भन्ने प्रमाण दिने खालको कुनै संकेत नदेखिएको जनाएका छन् । उनको शरिरको भित्र र वाहिर कुनै चोट देखिएको छैन । पाठेघर खाली छ भने योनीमा पनि कुनै घाउ छैन । त्यसैले जवरजस्तीको कुनै संकेत पनि देखिएको छैन ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीका अनुसार अब उनको घटनाको यथार्थ थाहा पाउन भिसेरा परिक्षण गर्नुपर्नेछ । त्यसका लागि आफुहरुले नमुना दिएको र प्रहरीले त्यसको परिक्षण गर्ने उनको भनाई छ । चितवनकी सविता भण्डारी हराएको ९ दिन पछि मृत फेला परेकी थिइन् । उनको घटनाको यथार्थ छानविन माग गर्दै स्थानिय र आफन्तले आन्दोलन जारी राखेका छन् । अवस्था विग्रन नदिन उनको घर आसपासको क्षेत्रमा स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु बुधवार साँझ सम्मका लागि लगाइएको छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *