Wednesday , October 20 2021
Breaking News
Home / समाचार / हराएको तीन दिन पछि मृत फेला परेका साढे तीन वर्षीय बालकको आफ्नै दिदीले ह ‘त्या गरेको खुलासा

हराएको तीन दिन पछि मृत फेला परेका साढे तीन वर्षीय बालकको आफ्नै दिदीले ह ‘त्या गरेको खुलासा

काठमाडौ । कैलालीको टीकापुरमा हराएको तीन दिन पछि मृत फेला परेका साढे तीन वर्षीय बालकको घटनामा प्रहरीले आश्चर्यजनक तथ्य सार्वजनिक गरेको छ । विहिवार पत्रकार सम्मेलन गरी प्रहरीले घटनावारे जानकारी गराएको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनकै दिदी नाता पर्ने २ किशोरीलाई पक्राउ गरेको छ ।

उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दिदीसंग जामुन खान गएर फर्किए पछि नजिकैको आफन्तको घरमा जान भन्दै हिडेका बालक अचानक हराएका थिए । उनी तिन दिन पछि नजिकैको नालामा मृ त फेला परेको हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई किशोरीलाई पक्राउ गरिएको जानकारी दिइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बालकले लगाएको बाला उनकै दिदी नाता पर्ने युवतीको साथीसंग फेला परेपछि घटनावारे रहस्य खुलेको हो । दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकलाई खसाएको स्वीकार गरेकी छन् । प्रहरीका अनुसार ति किशोरीले पारिवारिक रिसिबीका कारण घटनाको योजना बनाएको पनि प्रहरीसंग वयानमा भनेकी छन् । सोमबार ११ बजेदेखि हराएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो।

About admin

Check Also

हे भगवान् ! यो कस्तो रोग लाग्यो ,मलाई बचाउनुस् म बाच्न चाहान्छु,हेर्दाहेर्दै यस्तो भए (हेर्नुस् भिडियो )

धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *