Saturday , July 24 2021
Breaking News
Home / समाचार / पूर्वराजा ज्ञानेन्द्रलाई मनिषा कोइरालाले के भनिन् त्यस्तो ? सामाजिक सञ्जालमा बन्दैछिन् सबैको तारो

पूर्वराजा ज्ञानेन्द्रलाई मनिषा कोइरालाले के भनिन् त्यस्तो ? सामाजिक सञ्जालमा बन्दैछिन् सबैको तारो

काठमाडौं । अभिनेत्री मनिषा कोइराला बेलाबेलामा चर्चामा आउँछिन् । उनी अहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएको घटनालाई लिएर चर्चामा छन् । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिकृया दिएका छन् । अधिकांशले उनको पूर्वराजालाई गरेको सम्बोधनलाई लिएर आपत्ती जनाएका छन् ।

कोइरालाले पूर्वराजा शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन गरेपछि उनको आलोचना भएको हो । संविधानले नै ज्ञानेन्द्र शाहलाई पूर्वराजा भनेर उल्लेख गरिसकेको अवस्थामा मनिषाले राजाकै रुपमा सम्बोधन गरेको भन्दै आलोचना गरिएको छ । भारतका ठूला नेताहरुसंग पनि राम्रो सम्बन्ध रहेकी मनिषाको यो सम्बोधनलाई कतिपयले राजनीतिक भन्दै टिप्पणी समेत गरेका छन् ।

मनिषाले लेख्नुभएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ औं शुभजन्मोत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’

शिव घिमिरे नामका ट्वीटर प्रयोगकर्ताले लखेका छन्, चुच्चे नक्शाको समर्थन गरेर भाजपालाई चिढ्याईन र हो, नत्र त वीपीको नातिनी, भारतको सत्तापक्षरप्रतिपक्ष संग राम्रै पहुच भाकी ठुलै मान्छे हुन नी । कांग्रेस आईले फालेको राजतंत्र भाजपाले ल्याईदिन्छ की रु यिनले यसरी पुर्व उपसर्ग नराखी राजालाई सम्बोधन गर्नुको अर्थ त ठुलै लाग्छ हो ।

मनिषालाई पूर्व राजा लेख्न सबैले सुझाएका छन् । शर्मा एसआरले मनिषाको ट्विटमा प्रतिक्रिया गर्दै लेखेका छन्, ‘महाराजाधिराज १ मौसुफ १ हामीलाई जनताबाट रैति हुन यत्रो रहर किन के रु

त्यस्तै भुसु आर दुवाडीले नेपालको संविधानले नै शाहलाई पूर्वराजा बनाइदिसकेको उल्लेख गर्दै लेखेका छन्, , ‘राज्यको संविधान ले अब यिनलाई पूर्व राजा बनाइदिएको छ। यो देशको नागरिक हु भन्नुहुन्छ भने तपाईंले नी पालना गर्न पर्छ, उहाँ अब श्री ५ महाराज धीराज होइन मात्र पूर्व राजा हो। तपाईंजस्तो बुझेको मान्छेले देशको संविधान विपरित बोल्दा हामीले अरूबाट के आशा राख्ने रु’

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *