Saturday , July 24 2021
Breaking News
Home / समाचार / बैकको एटियम बाट पैसा निकाल्न गएका प्रेमी बाहिर आउदा बिना हराएको भनिएको प्रेमिमा देखियो यस्तो झुटो कुरा , प्रेमी माथि नै शंका माथि शंका उब्जियो

बैकको एटियम बाट पैसा निकाल्न गएका प्रेमी बाहिर आउदा बिना हराएको भनिएको प्रेमिमा देखियो यस्तो झुटो कुरा , प्रेमी माथि नै शंका माथि शंका उब्जियो

नवलपुर गैंडाकोट नगरपालिका झपर्दीकी वीना हराएको पनि १० दिन वितेको छ । तर उनी अहिले सम्म फेला परेकी छैनन् । चितवनकै सुजिताको घटनाको वास्तविकता नखुल्दै विना वेपत्ता भएको समाचार वाहिरिएको हो । उनलाई प्रेमीले घरवाटै वाइकमा लिएर गएका थिए ।

गैंडाकोटकी विनालाई असार १४ गते साढे चार बजे उनकै प्रेमीले वाइकमा लिएका गएका थिए । २१ वर्षीया विना गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।

विनाका बुबाले छोरी हराएको सूचना प्रहरीलाई दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि प्रहरीले विनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नि य न्त्र णमा लिइएको छ।

विनाका बुवा जयश्वरले विना र प्रवेशको प्रेम सम्बन्ध रहेको कुरा प्रहरीसमक्ष पनि बताएका छन्। प्रवेशले पनि प्रवेश सामु त्यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । विनाले प्रवेशकोे अर्की केटीसँग सम्बन्ध रहेकोे चाल पाएपछि कुरा गर्न घरमा बोलाएकी थिइन्। अर्की युवतीको घर नजिकै तीनै जनाको कुराकानी भएको कुरा प्रवेशले जिल्ला प्रहरी कार्यालय चितवनलाई दिएकोे बयानमा बताएका छन्।

तर कुरा गर्दै जाँदा दुई युवतीबीच विवाद बढेको पनि प्रवेशले प्रहरीलाई बताएका छन् । विना वे होस भएको भनेर प्रवेशले उनको वुवालाई फोन गरेपछि वुवाले आफ्नी छोरी घर ल्याइदिनु भनेर प्रवेशलाई भनेका थिए ।

विनालाई घर लैजान स्कुटरमा बस भन्दा विना नमानेको र हिड्दै चौविसकोटी सम्म पुगेको प्रहरीसंगको वयानमा प्रवेशले बताएका छन् । चौविसकोटीमा पुगेपछि आफु पैसा झिक्न एटिम बुथमा गएको फर्किदा विनालाई त्यहाँ नदेखेको प्रवेशले प्रहरीलाई बताएका छन् ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *