Saturday , July 24 2021
Breaking News
Home / स्वास्थ्य / दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस् यी ४ घरेलु उपाय

दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस् यी ४ घरेलु उपाय

काठमाडौँ । नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ । किरा लागेपछि दुखाई त महशुस हुन्छ नै दाँतको जरा पनि कमजोर बन्दै जान्छ । अन्ततोगत्वा हामी हाम्रो दाँत नै गुमाउने अवस्थामा पुग्छौँ ।

दाँतको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

१. पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई(तीन पटक दाँतको मालिस गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ ।

२. किराले खाएर खोक्रो बनेको भागमा रुवो ९कपास०लाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ ।

३. तातो पानीमा फिटकिरी घोलेर बिहान-बेलुकै मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ । ४. किरा लागेको दाँतमा बरको चोप लागउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।

About admin

Check Also

मुख धुँदा कहिलै नगर्नुहोस् यी गल्ती, नत्र अनुहारमा देखिन्छन् यस्ता बिबिरा

काठमाडौँ । मुख धुने काम भनेको एकदमै सजिलो काम हो, तर सजिलै काम गर्दा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *