Thursday , August 5 2021
Breaking News
Home / मनोरंजन / अभिनेत्री प्रियंका कार्कीले सबै दर्सकलाई दीईन खुसीको खबर

अभिनेत्री प्रियंका कार्कीले सबै दर्सकलाई दीईन खुसीको खबर

प्रत्येक महिलालाई आफू आमा बन्न लागेको कुराले खुसी दिन्छ । आमा बन्न लाग्नु एउटा महिलालाई सुखद अनुभुति हो । पर्दामा कयौं पटक आमाको भूमिका निर्वाह गरिसकेकी अभिनेत्री प्रियंका कार्की पनि अहिले आमा बन्न लाग्दाको खुसी महशुस गरिरहेकी छन् । अभिनेता आयुष्मान देशराज जोशीसँग अघिल्लो वर्ष विवाह गरेकी उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिन आतुर छिन् ।

आफू गर्भवती भएको खबर सार्वजनिक गरेपछि प्रियंकाले दिनहुँ आफ्नो बेबी बम्पसहितका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् । अहिले उनी साथी र परिवारले आयोजना गरेको ‘बेबी सावर’ मा रमाइरहेकी छन् । गएको हप्ता उनका नजिकका साथीहरुले मिलेर ‘बेबी सावर’ आयोजना गरेका थिए । शनिवार आयुष्मानले पनि ‘बेबी सावर’ पार्टीको आयोजना गरे ।

आइतवार प्रियंकाले इन्स्टामा उत्कृष्ट ‘बेबी सावर’ को आयोजना गरेकोमा श्रीमानलाई धन्यवाद दिँदै यो आफूहरुका लागि सर्वश्रेष्ठ वर्ष रहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘हाम्रो चमत्कार र सानो राम्रो फूललाई स्वागत गर्न अब मबाट प्रतिक्षा हुन सक्दैन । तिम्रो (आयुष्मान) साथका कारण मेरो गर्भमा बढिरहेको जीवनलाई हामीले प्रेम, खुसी र नयाँ सुरुवातका लागि तयार गरेका छौं ।’

प्रियंका सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना खेप्ने अभिनेत्री हुन् । चलचित्रमा भ्याइनभ्याइ हुँदा उनका अभिव्यक्ति मिडिया र सामाजिक सञ्जालका लागि मसला बन्थे । अहिले पनि यो शिलशिला रोकिएको छैन । संसारमा उनी नै पहिलो पटक आमा बन्न लागेको भन्दै ट्रोल बनिरहेको छ । तर, यसले उनलाई खासै प्रभाव पारेको छैन । उनी आफ्नै संसारमा रमाइरहेकी छन् । हेर्नुस् तस्विरहरु ।

About admin

Check Also

पढ्न पाइने भयो भन्दै यसरी खुसि हुँदै नाचिन बिनिता ,आहा (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *