Wednesday , July 28 2021
Breaking News
Home / राजनिति / ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगे रावल

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगे रावल

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल बालुवाटार पुगेका छन् । अन्य नेताहरू पनि बालुवाटार जाने क्रम जारी छ । नेता नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको स्वागत गरेका थिए।

उनले आफू ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघिनै जानकारी दिएका थिए। नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन्।

बैठकअघि सबैलाई समेट्नबारे नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठक स्थगित गर्ने कि सहमतिलाई अनुमोदन गरेर पार्टी एकताको सन्देश दिने भन्नेबारे छलफल भइरहेको छ ।

यता सर्वोच्च अदालतको फैसलापछि विकसित घटनाक्रमलाई लिएर पार्टीमा विकसित सहमति भाँडिन नदिन आज निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्न माधव नेपाल निकट केही नेताहरूले आग्रह गरेका छन् ।

बालुवाटार स्थायी कमिटी बैठकको तयारी भइरहेको छ। बैठक साँझ पाँच बजेका लागि बोलाइएको थियो।एमाले विवाद समाधान कार्यदलमा रहेका नेपालनिकट अर्का नेता सुरेन्द्र पाण्डेले पनि आफू बालुवाटार बैठकमा जाने बताएका थिए।

About admin

Check Also

भिम रावलले पनि गरे कित्ता क्लियर, बानेश्वरको बैठकमा गएनन्

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति निकै खरो रुपमा प्रस्तुत हुने नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *