Saturday , July 24 2021
Breaking News
Home / समाचार / आज सार्वजानिक बिदा दिने निर्णय

आज सार्वजानिक बिदा दिने निर्णय

जिल्लाको भानु नगरपालिकाले भानु जयन्तीको उपलक्ष्यमा भोलि मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

स्वदेश तथा विदेशी साहित्यकारहरुको समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना सङ्क्रमणका कारण २०८औँ भानुजयन्ती एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा बँेसीस्थित भानुजन्मस्थल विकास समितिको कार्यालयमा भोलि बिहान भानुप्रति श्रद्धाञ्जलि तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *