Saturday , July 24 2021
Breaking News
Home / समाचार / माओवादीबाट जनार्दन अर्थमन्त्री

माओवादीबाट जनार्दन अर्थमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्। भर्खरै राष्ट्रपति कार्यालय शीतल निवासले विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जनाएको हो। अहिले साँझ देउवाको शपथग्रहण हुने बताइएको छ।

यसै क्रममा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । प्रचण्डले दुई नेताको नाम दिएको हो ।माओबादीका एक नेताका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

यसै क्रममा विपक्षी गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी हुन अस्वीकार गरेको छ। जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल एक जना मात्रै प्रतिनिधिसभामा सांसद रहेको हुँदा उनैलाई नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरे अस्वीकार गरेकी हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई सरकारमा जान आग्रह गरेका छन्। पौडेलले पार्टीले सरकारमा सहभागी हुने संस्थागत निर्णय नगरेकाले आफूले प्रस्ताव अस्वीकार गरेको जानकारी दिइन्।

उनले भनिन्, ‘मलाई धेरै जनाले प्रस्ताव गरिसक्नुभयो। तर म सरकारमा जान्नँ। हाम्रो पार्टीले निर्णय गरेको छैन।’ मंगबार प्रधानमन्त्री देउवाले शपथ ग्रहण गरेसँगै सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। माओवादी केन्द्रबाट पम्फा भुसाल र जनार्दन शर्माले मंगलबार नै शपथ लिने टुंगो लागे पनि कांग्रेसबाट अहिलेसम्म छिनोफानो भएको छैन।

स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, मिनेन्द्र रिजाल र सञ्जय गौतमको चर्चा छ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *