Wednesday , October 20 2021
Breaking News
Home / राजनिति / सपथ ग्रहण स्थलमा पुगेका देउवा राष्ट्रपतिसंग रिसाए, शपथ ग्रहण लिन मानेनन्

सपथ ग्रहण स्थलमा पुगेका देउवा राष्ट्रपतिसंग रिसाए, शपथ ग्रहण लिन मानेनन्

काठमाडौ । प्रधानमन्त्री नियुक्त भएका शेरवहादुर देउवाले साँझ ६ वजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर अचानक प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयलाई सपथ नलिने सन्देश पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति आपत्ती जनाउँदै उनले सो विज्ञप्ती नसच्याए सम्म सपथ नलिने सन्देश पठाएका हुन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा प्रधानमन्त्री नियुक्त गर्दा उल्लेख गर्नुपर्ने संविधानको धारा उल्लेख नभएका कारण संविधानविद्हरुले देउवालाई सपथ नलिन सुझाव दिएका थिए । उनले कानुनविदहरुको सल्लाहमा विज्ञप्ती नसच्याएसम्म सपथ नलिने सन्देश राष्टपति कार्यालयमा पठाएका हुन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् ।

​​आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको तर्क छ । सर्वोच्च अदालतले पनि उनलाई सोही धारा बमोजिम प्रधानमन्त्रीको लागि योग्य भएको ठहर गरेको छ । तर राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको विज्ञप्तीमा संविधानको धारा उल्लेख नगरी सर्वोच्चको फैसला बमोजिम प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिएको उल्लेख छ ।

About admin

Check Also

राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

काठमाडौ । संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *