Wednesday , July 28 2021
Breaking News
Home / राजनिति / देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने बेला राष्ट्रपति कार्यालयले गर्यो यस्तो चलाखी, कानूनविदले भने – शपथ नलिनोस्

देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने बेला राष्ट्रपति कार्यालयले गर्यो यस्तो चलाखी, कानूनविदले भने – शपथ नलिनोस्

काठमाडौँ । राष्ट्रपति कार्यालय बारम्बार विवादित बनाइने गरिएको छ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिन् । प्रधानमन्त्री नियुक्त गरेपछि जारी गरिएको विज्ञप्तीमा देउवालाई नियुक्त गरेको संविधानको धारा नै उल्लेख गरिएको छैन ।

विज्ञप्तीमा सर्वोच्च अदालतको निर्णय अनुसार देउवालाई नियुक्त गरेको उल्लेख छ । संविधानको धार नै उल्लेख नगरी प्रधानमन्त्री नियुक्तीको विज्ञप्ती जारी भएपछि फेरी राष्ट्रपति कार्यालयको आलोचना भएको छ । सिंहदरबारबाट बाहिरिने क्रममा केपी शर्मा ओलीले गरेको आ क्रो शपूर्ण भाषणलाई समर्थन गर्ने गरी राष्ट्रपति कार्यालयले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति निकालेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ।

राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरेको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका छन् । एक कानुनविद्का अनुसार संविधानको धारा उल्लेख नगरी गरिएको नियुक्तिमा शपथ नलिन देउवालाई सुझावसमेत दिएका छन् भने अर्का कानुनविद् देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेर पछि खेल्ने ठाउँ राखेको हुन सक्ने बताए ।

राष्ट्रपति कार्यालयको पत्रमा सर्वोच्च अदालतको आदेशअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८र३र२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।’

सोमबार सर्वोच्चले जेठ ७ गते देउवाले १४९ जना सांसदको समर्थनसहित बुझाएको दाबीपत्रलाई मान्यता दिँदै धारा ७६ (५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

मंगलबार दिउँसो देशबासीका नाममा बिदाइ सम्बोधन गर्ने क्रममा आफु सर्वोच्च अदालतको आदेशका कारण बाहिरिनु परेको भन्दै सर्वोच्चको टिप्पणी गरेका थिए । राष्ट्रपतिको विज्ञप्तीको भाष पनि प्रधानमन्त्रीको भनाईसंग मेल खाएको भन्दै आलोचना गरिएको हो ।

About admin

Check Also

भिम रावलले पनि गरे कित्ता क्लियर, बानेश्वरको बैठकमा गएनन्

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति निकै खरो रुपमा प्रस्तुत हुने नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *