Wednesday , December 1 2021
Breaking News
Home / समाचार / एका बिहानै आयो अत्यन्तै दुखत खबर : ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाबु छोराको मृत्यु

एका बिहानै आयो अत्यन्तै दुखत खबर : ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाबु छोराको मृत्यु

थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो ।

नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि सडकमा लडेर घाइते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृत्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताउनुभयो । दुर्घटनामा घाइते एक जनाको उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको र उहाँको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *