Wednesday , December 1 2021
Breaking News
Home / समाचार / प्रेममा रहेका जोडीले विवाह गर्न पैसा नभएपछि बच्चा चोरेर बेचे, २४ वर्षपछि बुवाले आफ्नो छोरा फेला पार्दा देखियो यस्तो भावुक दृष्य

प्रेममा रहेका जोडीले विवाह गर्न पैसा नभएपछि बच्चा चोरेर बेचे, २४ वर्षपछि बुवाले आफ्नो छोरा फेला पार्दा देखियो यस्तो भावुक दृष्य

बीबीसी । २४ वर्ष देखि आफ्नो सन्तानलाई एक झुल्को पनि देख्न नपाउँदा ति अभिभावकलाई कस्तो हुन्छ होला ? पक्कै अनुमान लगाउन सकिन्छ । चीनका एक व्यक्तिले २४ वर्ष अघि अ प ह रणमा परेका आफ्ना छोरा फेला पार्दा आफुलाई रोक्न सकेनन् । माहौल निकै भावुक बन्यो । ती छोरालाई खोज्नकै लागि उनले देशैभरि मोटरसाइकलमा ५ लाख किलोमिटर यात्रा गरेका थिए । उनका तिनै संघर्षहरु समेटेर २०१५ मा फिल्म, ‘लस्ट एण्ड लभ’ निर्माण गरिएको थियो, जसमा हङकङका सुपरस्टार एन्डि लाउले अभिनय गरेका छन् ।

गुओ गाङताङका छोरालाई १९९७ मा दुई वर्षको उमेरमा मानव त स्क र हरुले शान्तदोङ प्रदेशस्थित उनीहरुको घरै अगाडिबाट अ प ह र ण गरेर लगेका थिए ।

छोरा हराएपछि गुओले २० वटा भन्दा धेरै प्रदेशहरुमा मोटरसाइकलमार्फत यात्रा गर्दै सबैतिर तिव्र खोजी गरेका थिए । यस क्रममा दुर्घटनामा समेत परे । उनले छोरालाई खोज्दा पनि निकै दुख पाए । शरिर पहिलाको जस्तो छैन लु टे रा हरुले पनि सताए । सो यात्रामा उनका दशवटा मोटरसाइकल बिग्रिए ।

छोरालाई खोज्ने यस मिसनमा उनले आफ्नो जीवनभर बचत गरेको सबै पैसा खर्च गरेका थिए । र, हरेक समय तिनको तस्बिर भएको ब्यानर बोकेर हिँड्ने गर्दथे । पैसा नहुँदा कति समय त उनले सडक छेउमा र पुलमुनि बसि भिख मागेरसमेत गुजारा गर्नुपरेको थियो ।

चीनको सार्वजानिक सुरक्षा मन्त्रालयका अनुसार पुलिसले डीएनए टेस्टमार्फत गुओका छोरा पत्ता लगाएका हुन् । घटनामा संलग्न दुई जनालाई पनि पक्राउ गरिएको ग्लोबल टाइम्स रिपोर्टले जनाएको छ । उक्त जोडी त्यस समयमा प्रेम सम्बन्धमा रहेको र ती बालकलाई बे चे र पैसा कमाउने उद्देश्यले बालकलाई लगेको रिपोर्टमा उल्लेख छ ।

गुओका छोरा घर बाहिर एक्लै खेलिरहेको देखेपछि त्यही मौकामा उनलाई महिलाले समातेर बस स्टेसनसम्म आफ्नो पार्टनरकहाँ पुर्याएको र छिमेकी हेनान प्रान्तमा लगेर बे चे को बताइएको छ । स्थानीय मिडियाका अनुसार गुओका छोरा अझैसम्म पनि त्यही प्रदेशमा बसिरहेका थिए । र, त्यहीँ फेला परेका हुन् ।

यसरी २४ वर्षको लामो पर्खाइपछि छोरालाई भेट्दा गुओ र उनकी पत्नी भावुक हुँदै रुँदै छोरालाई अंकमाल गरेका हुन् । उनीहरुको मिलापको भिडियो यतिबेला सामाजिक संजालमा फैलिरहेको छ ।

यसमा आमाले रुँदै भनेकी छन्, ‘मेरो छोरा तिमी बल्ल आयौ ।” गुओले पनि संचारकर्मीहरुसँग बोल्दै छोरा फिर्ता पाएपछि जीवनमा अब खुसी र सुखै सुख मात्र हुने बताएका छन् ।

फिल्म ‘लस्ट एण्ड लभ’ मा हराएका छोराको अभिनय गरेका लाउले पनि गुओको परिवारलाई बधाइ दिएका छन् । उनले आफूले गुओको दृढताको सधैँ आदर गरिरहने बताएका छन् ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *