Wednesday , October 20 2021
Breaking News
Home / समाचार / लामो दुरीको सवारी संचालन सम्बन्धमा आयो नसोचेको निर्णय

लामो दुरीको सवारी संचालन सम्बन्धमा आयो नसोचेको निर्णय

काठमाडौ । केही दिन देखि लामो दुरीको सवारी साधन संचालन हुने आँकलन गरिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले लामो दुरीको सवारी साधन संचालनका बारेमा छलफल गरेको बताएका थिए । जोर विजोर लामो दुरीको सवारी साधन संचालन हुने बताइएको भएपनि त्यसो नहुने भएको छ । महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा थप केही दिन थपिने भएको छ ।

लामो दुरीका सवारी साधन पनि तत्कालका लागि सचालन नहुने भएको छ । अझै १० दिन लामो दुरीको सवारी साधन संचालन नहुने भएको हो । यातायात संचालकहरुले सवारी साधन संचालनका लागि अनुमति माग्दै आएका छन् । बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं आउने र जाने लामो दूरीका सार्वजनिक यातायातका साधनमा लगाएको रोक यथावत् राखेको छ।

काठमाडौं उपत्यकामा महामारीको जोखिम यथावत् रहेकाले लामो दूरीका सवारी साधन खुला नगरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। काठमाडौं उपत्यकामा १० साउनसम्म निषेधाज्ञा थपिएको छ। यो अवधिमा अत्यावश्यक विशेष कामले सर्वाजनिक तथा निजी सवारी साधनलाई काठमाडौं उपत्यकामा आवतजावत गर्न भने दिइने उनले जनाएका छन्। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा सम्बन्धी आदेशमा पनि अत्यावश्यक कामका लागि भने आउन जान दिने उल्लेख छ।

About admin

Check Also

हे भगवान् ! यो कस्तो रोग लाग्यो ,मलाई बचाउनुस् म बाच्न चाहान्छु,हेर्दाहेर्दै यस्तो भए (हेर्नुस् भिडियो )

धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *