Wednesday , December 1 2021
Breaking News
Home / समाचार / काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

काठमाडौं – काठमाडौंं उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञ थप्ने निर्णय गरेको हो ।

आज (बिहीबार) बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपिएको निषेधाज्ञामा पनि पुरानै नियम जारी राखेको जानकारी दिए ।

उनले , ‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सिडिओसँग समन्वय गरेर आउन पाउने छन् ।’

आजको वैठकले लामो दूरीका सार्वजनिक सवारी सञ्चालनको विषयमा निर्णय गर्ने बताइएको भए पनि ठोस निर्णय गरेको छैन । यसअघि लागु गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि समाप्त हुँदै थियो ।

त्यस्तै, पाँच विद्यार्थी संगठनले ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’

पाँच विद्यार्थी संगठनले साउन १ गते भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेशपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेविसंघका महामन्त्री बल्देव तिमिल्सिनाले जानकारी दिए ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *