Wednesday , July 28 2021
Breaking News
Home / समाचार / एकासी घट्यो पेट्रोलियम पदार्थको मूल्य

एकासी घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।आयल निगमका अनुसार पेट्रोलियम पदार्थको विक्री मूल्यभन्दा खरिद मूल्य एकदमै न्यून छ। ६७ रुपैयाँ ७७ पैसा प्रतिलिटरका दरले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट खरिद गरेको पेट्रोल निगमले १२९ रुपैयाँ प्रतिलिटरका दरले विक्री गरिरहेको छ। निगम र पम्प सञ्चालकको खर्च बाहेक पेट्रोल मार्फत सरकारलाई ५६ रुपैयाँ ८७ पैसा प्रतिलिटर राजस्व जाने गरेको छ ।

धनगढीमा देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागत र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा नेपाल विद्यार्थी सङ्घ क्षेत्र नम्बर – ५ कैलालीले धनगढीमा दीप प्रज्वलन गरिएको छ ।धनगढीस्थित पार्क मोडमा नेपालको नक्सामा दीप प्रज्वलन गरेर नेविसंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको हो ।

दीप प्रज्वलन गर्दै नेविसंघले नेपाली काँग्रेस जिन्दाबाद, नेपालको संविधान जिन्दाबाद, सर्वोच्च अदालत जिन्दाबाद, शेरबहादुर देउवा जिन्दाबाद जस्ता नारा लगाएका थिए ।दीप प्रज्वलन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख शुशीला मिश्र भट्टले देशलाई अँध्यारो तर्फ जान नदिन सर्वोच्चले गरेको फैसला स्वागत योग्य भएको बताइन् ।

सर्वोच्चको फैसलाले नेपालीको भविष्य र नेपालको संविधानको रक्षा गरेको उनले बताइन् । ‘यो नेपाली जनताको जित हो’ उप–प्रमुख भट्टले भनिन्, ‘यो फैसला पछि संविधानलाई कमजोर बनाउने आँट कसैलाई पनि हुने छैन ।’

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *