Thursday , October 28 2021
Breaking News
Home / समाचार / काठमाडौंको नयाँ बसपार्कमा यस्तो धन्दा गरिरहदा पक्राउ परे यी दुई जना

काठमाडौंको नयाँ बसपार्कमा यस्तो धन्दा गरिरहदा पक्राउ परे यी दुई जना

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ छन् ।

ला गु औ ष ध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई प क्राउ गरेको हो । आरोपीहरुको साथबाट २८ ग्राम हे रो इ न बरा मद गरिएको नियन्त्रण ब्यूरोले जनाएको छ । ला गु औ षधनियन्त्रण ऐन–२०३३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले उनीहरुबारे अनुसन्धान गरिरहेको छ ।

त्यस्तै बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताउनुभयो ।

वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताउनुभयो । उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।

About admin

Check Also

यिनै हुन् पूर्णचन्द्र तामाङ जस्ले आफ्नी १५ बर्षिया छोरा र ३५ बर्षिया श्रीमतीलाई…..

इलाम : इलामको देउमाई नगरपालिका-५ का एक व्यक्तिले गए राती पत्नी र छोरीको ह’ ‘त्या …

Leave a Reply

Your email address will not be published. Required fields are marked *