Wednesday , July 28 2021
Breaking News
Home / समाचार / गैरकानूनी रुपमा अमेरिका जान खोज्दा ७ नेपाली क्यारेबियन सागरमा डुबेको घटनामा दाङबाट एजेण्टकी श्रीमती पक्राउ

गैरकानूनी रुपमा अमेरिका जान खोज्दा ७ नेपाली क्यारेबियन सागरमा डुबेको घटनामा दाङबाट एजेण्टकी श्रीमती पक्राउ

काठमाडौ । अवैध रुपमा अमेरिका प्रवेश गर्न लागेका नेपाली सवार डुंगा दुर्घटना हुँदा नेपाली हराएको घटनामा संलग्न एजेन्टको श्रीमती दाङवाट पक्राउ परेकी छन् । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बे प त्ता भएका छन् । उनीहरु अ वै ध वाटोवाट अमेरिका प्रवेश गर्न लाग्दा यस्तो घटना भएको बताइएको छ । दुर्घटना असार ५ गते नै भएको अन्तराष्ट्रिय सचार माध्यमले जनाएका छन् ।

सो घटनामा संलग्न एजेन्टकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान भने युक्रेनमा रहेकाले इन्टरपोल मार्फत उनलाई पनि पक्राउ गर्न प्रहरीले काम थालेको छ । डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन्।

अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दुर्घटना भएको हो। उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन्। तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन्।

स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट अमेरिकाका लागि लगेका थिए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको खुलेको छ ।

गैरकानूनी रुपमा अमेरिका पठाउँदै आएका घोराहीका एजेन्ट टोपबहादुर जिसीकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो । जिसिकी श्रीमती गोमा शर्मा जिसिलाई घोराही १४ मिलनचोकबाट पक्राउ गरेको हो ।

यसरी अवैध बाटो हुँदै अमेरिका जान खोज्नेमा जनप्रतितिनिधिकै परिवार समेत परेका छन् । घोराही उपमहानगरपालिका ९१२ का वडाध्यक्ष राजेन्द्र बुढामगरका २१ वर्षीय छोरा एन्जल बुढामगर चोर बाटोबाट अमेरिका जाने क्रममा कोलम्बियाको क्यारेबियन सागरमा असार ७ गते डुंगा दुर्घटना हुँदा बेपत्ता छन्।

घोराहीका एजेन्ट टोपबहादुर जिसीले अमेरिकको सपना देखाएपछि उनकै माध्यमबाट आफ्नो जेठो छोरा एन्जल गत चैत महिनाको ९ गतेतिर घरबाट हिँडेको वडाध्यक्ष बुढाले जानकारी दिए। आफूले अबैध तरिकाबाट नजान भने पनि स्थानीय मेनपावर एजेन्टले देखाएको अमेरिका सपनाका कारण छोरा अमेरिका जान लालायित बनेको उनले बताए।

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *