Saturday , July 24 2021
Breaking News
Home / रोचक / आइफोनबाट फोटो खिच्दा क्या’न्सर

आइफोनबाट फोटो खिच्दा क्या’न्सर

अमेरिकामा एक महिलाले आइफोनको क्यामरा फ्ल्यास प्रयोग गरेर क्या’न्सर पत्ता लगाएकी छिन्। सात वर्ष अगा८ड जर्जियाकी ४१ वर्षिया जोसी रकले आफ्नो छोरा एसरको फोटो खिच्दा उनलाई आँखाको क्या’न्सर रहेको थाहा पाएकी हुन्।

त्यो बेला एसर तीन महिने शिशु थिए। जोसीले फोटो खिच्न लाग्दा झुक्किएर क्यामराको फ्ल्यास अन भएको थियो। पछि सो फोटो हेर्दा एसरको दाहिने आँखामा सेतो चमक देखिएको थियो।

आँखाको त्यो चमक क्या’न्सरको दु’र्लभ प्रकार ‘रे’टिनोब्लास्टो’मा भएको थाहा पाएर जोसीले तुरुन्तै छोरालाई अस्पताल लगेको एप्पल इ’न्साइडरले जनाएको छ।

‘रे’टिनोब्लास्टो’ एक प्रकारको आँखाको क्या’न्सर हो जुन आँखाको पछाडीबाट सुरु हुन्छ। यस्तो क्या’न्सर प्राय बालबालिकामा देखिन्छ र यसलाई फोटो फ्ल्या’सबाट पहिचान गर्न सकिन्छ। म यत्तिकै छोरा एसरको फोटो खिचिरहेको थिए र त्यहीबेला कोठाको प्रकाश परिवर्तन भयो जसले गर्दा क्यामरामा फ्ल्यास अन भयो,’

जोसी रकले भनेकी थिइन्, ‘पछि फोटो हेर्दा एसरलाई आँखाको क्या’न्सर भएको मलाई थाहा भइहाल्यो।’ उनले ती फोटोहरु आफ्ना नर्स साथीहरुलाई देखाइन् तर उनीहरुले त्यो केबल फ्ल्या’सको छाया हुन सक्ने अनुमान लगाए। त्यसैले निश्चित गर्न उनले छोरालाई बाल चिकित्सकलाई देखाउन लगिन्।

‘डाक्टरले जाँच गरेपछि एसरलाई ग्रे’ड–डी ‘रे’टि’नो’ब्लास्टो’ भएको पक्का भयो,’ जोसीले भनिन्, ‘बेलैमा क्या’न्सर पत्ता लगाएको हुनाले एसरको उपचार अगाडि बढाउन सक्यौं।’

About admin

Check Also

मंगलबार ग्रहचक्रमा ठूलो परिवर्तन, सबै राशिलाई असर ! कुन राशिलाई कस्तो ?

एजेन्सी – ग्रहहरुको सेनापति मंगल ग्रहले मंगलबार राशि परिवर्तन गर्दैछ। मंगलबार साँझ ६ बजेर ३४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *