Thursday , October 28 2021
Breaking News
Home / समाचार / काठमाडौंबासीहरुलाई पर्ने भयो समस्या ! यस्तो समेत गर्न थाले यातायात व्यवसायीहरुले

काठमाडौंबासीहरुलाई पर्ने भयो समस्या ! यस्तो समेत गर्न थाले यातायात व्यवसायीहरुले

काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातले विहिबारदेखिनै दोव्वर भाडादर असुल गरेको छ । असार २७ गते मन्त्रीस्तरबाट अन्तरप्रदेशमा गुड्ने सवारीसाधनका लागि मात्र २८ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय भए पनि व्यवयासीहरुले भने छोटो दुरीमा सञ्चालित सार्वजनिक यातायातमा चर्को भाडा असुली गरेको छ ।

ट्राफिक प्रहरीमा तोकिएको भाडादर भन्दा दोब्बर असुल गरेको उजुरी परेपछि शुक्रबार विहान १० बजे सम्मा ७० वटा भन्दा बढी सवारीसाधनलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिवकुमार दासले बताउनुभयो । व्यवसायीहरुले तोकिएको २० रुपैयाँ भाडादरमा ४० रुपैयाँ सम्म असुल गरेको भेटिएको छ ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौलाले भने हालसम्म प्रदेशभित्र र स्थानीयतह अन्तर्गत चल्ने छाटोदुरीको सार्वजनिक सवारीसाधनमा भने भाडा समायोजनको कुनै पनि निर्णय नभएको बताउनुभयो । समय अनुसार संघीय सरकारको निर्णयलाई अनुसरण गर्दै क्रमशः भाडा समायोजन गर्न व्यवसायीहरुले माग गरेको उहाँले बताउनुभयो ।

समय अनुसार संघीय सरकारको निर्णयलाई अनुसरण गर्दै क्रमशः भाडा समायोजन गर्न व्यवसायीहरुले माग गरेको उहाँले बताउनुभयो । नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदनले अन्तरप्रदेशस्तरमा भाडादर समायोजन गर्ने अधिकारी यातायात व्यवस्था विभागलाई दिएको छ भने प्रदेश भित्र र स्थानीयतह भित्र सञ्चालित सार्वजनिक सवारीसाधनका लागि भने सम्वन्धित प्रदेश सरकार र स्थानीयतहले भाडादर समायोजन गर्ने अधिकार दिएको छ ।

About admin

Check Also

स्वाँस्वाँ गर्दै एक्कासी बारको बैठक हलभित्र छिरेका ऋषि धमलालाई जब बाहिर निकालियो (भिडियोसहित)

काठमाडौं । चर्चित पत्रकार ऋषि धमला मंगलबार दिउसो हस्याङफस्याङ गर्दै सर्वोच्च अदालतको एउटा वैठक हलभित्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *