Saturday , July 24 2021
Breaking News
Home / समाचार / अस्ताए यी एमाले नेता, जसको मृत्यु नै अचम्मको तरिकाले भयो

अस्ताए यी एमाले नेता, जसको मृत्यु नै अचम्मको तरिकाले भयो

काठमाडौ । नेपालीमा एउटा भनाई छ मानिसको दिन आयो भने बाकसमा लुकेपनि छोड्दैन । नभन्दै काल कहाँ हुन्छ भन्ने केही थाहा नहुने रहेछ । पाँचथरमा पानी पिउँदा सर्किएर एक एमाले नेताको निधन भएको छ । शनिबार बिहान फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापोको निधन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटिका सदस्य चन्द्रकुमार तुम्बापोको पानी सर्केर निधन भएको हो । खानासँगै पानी पिउने हुँदा सर्किएर तुम्बापो सिकिस्त विरामी परेका थिए । तुम्बापोलाई पानी सर्केपछि निरन्तर खोकी लागेको थियो ।

उपचारार्थ पाँचथर अस्पताल ल्याई पुर्‍याउँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तुम्बापोको निधन पछि उनको पार्टी र स्थानियले शोक ब्यक्त गरेका छन् ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *