Thursday , October 28 2021
Breaking News
Home / समाचार / दिदी र फुपूमा के फरक छ…?

दिदी र फुपूमा के फरक छ…?

बुवा ठुलो स्वरले कराउँछन् ।राजु दौडँदै आउँछ, र सोध्छ, “हजुर बुवा…, के होला?”

बुवा- “तँलाई थाहा छैन, आज तेरो दिदी रश्मी आउँदै छ भनेर ?
हिजो बाट तीन चार पटक भनी सकेँ ! यो चोटि उसले हामीहरू सँगै मिलेर आफ्नो जन्मदिन मनाउने छ….। अब छिटो जा र आफ्नो दिदीलाई ल्याएर आइज……! अनि, सुन त…. तँ तेरो नयाँ कार लगेर जा जो तैँले गत साता किनेको थिइस्….रश्मिलाई राम्रो लाग्ला ।”

यो पढ्न छुटाउनु भयो कि
. कहिल्यै त लामो बस्दाउनी हो.. देऊ-बा !
. म भन्दा ठुलो लोभी
. अब म आउँदिन
राजु – “तर मेरो कार त आज बिहानै मेरो साथीले लगेर गइसक्यो….., र तपाईँको कार पनि ड्राइभरले ब्रेक जाँच गर्नु पर्नेछ भन्दै लगेर गा छ ।”

बुवा – “ठिक छ…. तँ एयरपोर्ट त जा छिटो….अरू कसै साथीको कार लगेर गए पनि भो ।
कसैको न पाइए भाडामा नै लगेर जा ….तर जा छिटो, रश्मि खुशी होली ।”

राजु – “अहो बुवा, तपाईँ पनि…!! त्यो कोही सानी बच्ची हो र ? आई हाल्छ नि आफै कुनै ट्याक्सी वा अटो हायर गरेर…, तपाईँ किन चिन्ता गर्नुहुन्छ ?”

बुवा – “तँलाई लाज लाग्दैन यसो भन्न ? आफ्नो घरमा कार हुँदा हुँदा, घरकी छोरी ट्याक्सी वा अटोमा आउँछे ?”

राजु – “ठिक छ, त्यसो भए तपाईँ जानुहोस्, मसँग धेरै काम छ…. म जान सक्दिन ।”

बुवा – “तँलाई आफ्नो दिदीको केही मतलब छैन ? बिहे भइसक्यो भन्दैमा के दिदी पराई भैहाली ? के उसलाई हामी सबैको माया पाउने अधिकार छैन ?

यस घरमा जति अधिकार तेरो छ, त्यत्ति नै तेरो दिदीको पनि छ, बुझिस्…! कोही पनि छोरी वा बहिनी आफ्नो माइतीघर छोड्दैमा पराई हुँदैन ।”

राजु – “तर मेरो लागि अब ऊ पराई भइसकेकी छे, अब यस घरमा मेरो मात्र अधिकार छ ।”

“……तड़ाक”

अचानक बुवाको हात राजुको गालामा….पर्‍यो !

त्यसै बेला आमा आउँछिन्…..।

आमा – “ए…बूढा, पागल भयौ कि के हो ? तन्नेरी छोरा माथि हातपात गर्नुहुन्न ।”

बुवा – “तिमीले सुनेनौ …के भन्यो यसले ? आफ्नो दिदीलाई पराई भन्छ, यो त्यही दिदी हो जो यसबाट एक क्षणको लागि पनि अलग हुन्न थिई । उसले हरेक क्षण यसको ख्याल राख्थी ।

पकेट मनीको पैसा बचत गरेर यसका लागि केही न केही किनेर ल्याउँथी । बिहेको बेला छुट्टिँदा पनि उसले हामीभन्दा बढी आफ्नो यसलाई अँगालो हालेर रोएकी हो ।

आज यो नालायकले उसै दिदीलाई पराई भन्छ ।”

राजु – (मुस्कुराउँदै) “फुपूको पनि त जन्मदिन आजै हो बुवा, उनी धेरै पटक यस घरमा आउँछिन् तर हरेक चोटि अटोबाट आउँछिन् ..के तपाईँले कहिल्यै आफ्नो कार लगेर उहाँलाई लिन जानुभयो ?

उनी आज समस्यामा छिन् तर हिजो उनी पनि धेरै धनी थिइन् । तपाईँलाई, मलाई र यस घरको लागि उहाँले सम्पूर्ण हृदयले मद्दत र सहयोग गर्नु भएको छ । फुपू पनि यसै घरबाट बिहे भएर छुट्टिनुभएको हो..,फेरी दिदी र फुपूमा के फरक छ ? रश्मि मेरो दिदी हो भने, फुपू पनि त तपाईँको बहिनी हुन् ।”राजुका कुराले उसको बुवालाई आज सोच्न बाध्य बनाएको थियो……उनलाई आज आफ्नो गल्ती महसुस भइरहेको थियो….. ।

उता पश्चात्तापको आगोमा जलेर बुवा रोई रहेका थिए भने यता राजु….. ।
यतिकैमा बाहिर कारको ब्रेकको आवाज आयो…..!

रश्मि दुगुरेर आउँछे…..
आमा र बुवालाई अँगालो हाल्छे तर तिनीहरूको अवस्थालाई देखेर सोध्छ, “के भयो बुवा.. ?”
बुवा – “तेरो भाइ आज मेरो पनि बा भइसक्यो, छोरी ।”
रश्मि – (भाइ तर्फ हेर्दै) “ए.. पागल … !! नयाँ कार हाँ….? धेरै राम्रो छ, ड्राइभर लाई पछाडी बस्न लगाएर मैले आफैले गुडाएर ल्याएँ, एकदम मज्जा आयो, रङ्ग पनि मेरै रोजाइको रहेछ नि !”

राजु – “मेरो प्यारी दिदीलाई जन्मदिनको शुभकामना ! त्यो कार तपाईँको नै हो दिदी …हामीहरूको तर्फ बाट तपाईँलाई जन्मदिनको उपहार .. ।”यो सुनेर रश्मि खुसीले उफ्रिँदै थिई कि….फुपू पनि भित्र आइन् ।

फुपू– “के हो …. दादा…तपाईँ पनि ? न कोही फोन, न कोही खबर….! एक्कासि कार पठाई दिनुभयो तपाईँले…..म त आफूलाई रोक्न सकिन …..आई हालेँ खुसी हुँदै… । यस्तो लाग्यो कि बुवा अझै जिउँदै हुनुहुन्छ ।”

उता… आँखाभरि आँसु बोकेर बुवाले एकटक राजुलाई हेरी रहेका थिए….!यता….राजुले बुवालाई चुप रहने इशारा गरिरहेको थियो…!फुपू भन्छिन्, “म कति भाग्यमानी छु ~~मैले बुबा जस्तो भाइ पाएँ, भगवानले मलाई आशीर्वाद दिउन् कि म हरेक जन्ममा तपाईँ जस्तै भाइ पाउन सकूँ … ।”

बुवा आमा दुबैलाई थाहा थियो कि यो सबै करतुत राजुको हो ।तर आज फेरि सम्बन्धहरूलाई बलियो सँग गाँसिएको देख्दा बुवा भित्रबाट खुसीले टुक्रिए र रुन थाले ।

उहाँ अब धेरै निश्चित हुनुहुन्थ्यो कि म यो संसारबाट गइसके पछि मेरो राजुले सम्बन्धहरूलाई अझ धेरै बालियो र सुरक्षित राख्नेछ ।

छोरी र बहिनी यी दुई धेरै मूल्यवान् शब्दहरू हुन् जसको उमेर धेरै कम हुने गर्दछ किनकि बिहे पछि छोरी र बहिनीहरूलाई कसैको श्रीमती, कसैको सासू र कसैको बुहारी बन्नुपर्ने हुन्छ ।

छोरी बहिनीहरू शायद यस कारणले माइतीघरमा आउने गर्छन् कि यहाँ उनका कानहरूले फेरी छोरी र बहिनी शब्दहरू सुन्न पाउँछन् ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *