Saturday , July 24 2021
Breaking News
Home / राजनिति / देउवालाई चक्मा दिदै माधव पक्षले पनि बिश्वासको मत नदिने सङ्केत

देउवालाई चक्मा दिदै माधव पक्षले पनि बिश्वासको मत नदिने सङ्केत

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर खेमाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारमा गएको महन्थ खेमा अहिले देउवालाई विश्वासको मत दिन तयार भएको हो ।

ठाकुरलाई पत्र लेखेर आज प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नुभएको थियो । आफ्नो पक्षका सांसदहरु भटाभट उपेन्द्र यादव खेमामा जान थालेपछि ठाकुर विश्वासको मत दिन बाध्य भएको बताइएको छ ।

१२ जना सांसदमा झरेको ठाकुर खेमा विश्वासको मतको पक्षमा उभिएपछि प्रधानमन्त्री देउवालाई सजिलै बहुमत पुग्ने भएको छ । यो संगै संसदका प्रमुख चार दलमध्ये एमालेको ओलीपक्ष बाहेक सबै विश्वासको मतको पक्षमा पुगेका छन् ।

यो संगै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा माधव नेपाल समूहमा विवाद भएपछि विघटित कार्यदलका सदस्यहरुले प्रत्यक्ष निर्वाचित सांसदहरुसँग छलफल गरिरहेका छन् ।

वरिष्ठ नेता नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गरेका १५ जना प्रत्यक्ष निर्वाचित सांसदहरुबीच संसद भवनमै छलफल चलिरहेको छ । जसपाको महन्थ पक्षले मतदान गरेपछि संसद जोगिने भए पनि आफूहरु के गर्ने भन्नेबारे नेताहरुसँग छलफलमा रहेको सांसद यज्ञराज सुनुवारले बताए ।

कार्यदलमा रहेका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र कार्यदल बाहिर रहेका योगेश भट्टराईलगायतले जसपाले एकजुट भएर विश्वासको मत दिएको अवस्थामा एमालेको एकता जोगाउन पार्टीको पक्षमा उभिनुपर्ने र प्रतिपक्षमा रहनुपर्ने धारणा राखेका छन् ।

About admin

Check Also

माधव नेपाललाई राखे महेश वस्नेतले यस्तो प्रस्ताव, अब हामी तपाईको पुत्ला जलाउँदैनौं

काठमाडौं । नेकपा (एमाले)का नेता महेश वस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्मानजनक वहिर्गमनको प्रस्ताव राखेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *