Saturday , July 24 2021
Breaking News
Home / समाचार / श्रीमानले श्रीमतीको कान का’टे, ‘मेडिकलमा गएर जोड’ भनेर हातमा राखिदिए

श्रीमानले श्रीमतीको कान का’टे, ‘मेडिकलमा गएर जोड’ भनेर हातमा राखिदिए

काठमाडौ । बझाङमा एक पुरुषले आफ्नी श्रीमतीको कान का टि दिएका छन् । घाइते भएकी श्रीमतीले कसैसंग गुहार माग्न समेत नसकेपछि दुई दिन सम्म घरमै छटपटिएर बसेकी छन् । दुई दिन पछि जिल्ला अस्पताल बझाङमा उनको उपचार सुरु भएको छ । छोरीलाई भएको घटना आमाबुवाले पनि अरुले नै अस्पताल लगेपछि मात्र थाहा पाएका थिए ।

बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर-१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीलाई उनका श्रीमानले यस्तो या त ना दिएका हुन् । उनका २५ वर्षीय श्रीमान मनोज पक्राउ परेका छन् । अस्पतालकी एक नर्सका अनुसार उनको कानको बीचको भागनै थिएन । दिनहुँ मापसे गर्ने उनका श्रीमानले त्यसैको तालमा श्रीमतीसंग विवाद गरेका थिए ।

मापसे गरेर घर आएका मनोजले श्रीमती छिमेकी आफन्तसंग हाँसेको भनेर निउँ खोजेका थिए । बुधवार उनीहरुबीच विवाद भएको हो । कान का टे पछि श्रीमानले नै भोलि मेडिकल गएर जोड्नु भनेर हातमा राखिदिएको जानकीले बताएकी छन् । घटना पछि श्रीमान सम्पर्क विहिन भएका थिए ।

लगातार र ग त बग्न थालेपछि श्रीमान भागेको जानकीको भनाई छ । म उठ्न पनि सकिन श्रीमान भागे, कसैलाई खबर गर्न पनि नसकेर दुई दिन घरमै छटपटिएर बसें । १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो। २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन्।

वैदेशिक रोजगारीका लागि भारतमा हुँदा पनि आफुलाई श्रीमानले टाउकोमा ग्यास सिलिन्डरले हि र्का ए र दुई महिना सम्म वे हो सी अवस्थामा अस्पतालमा उपचार गराएको बताएकी छन् । त्यती बेला सासुले रोकेका कारण मनोज विरुद्ध उजुरी नदिएको भनाई छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *